पिडित परिवारको घरमा मन्त्री बिना मगर,थामिएन आँशु



हाम्रो इकोनोमि

 

आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध भइन्।

मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छन मन्त्री मगर अघि सरिन् । सो क्रममा भावुक भएकी मन्त्री मगरले पनि आँशु थाम्न सकीनन् ।

उािसँगै निर्मलाका परिवार भेट्न पुगकी प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिइन् ।

त्यसैगरी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि भीमदत्तनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेको भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।

मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थालिन् । सो क्रममा पनि मन्त्री मगरले उनिलाई सहानुभूति व्यक्त गरिन् । गृह जिल्लामा भइरहेका बलात्कारलगायतका घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले पत्रकारसित बताइन् ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उनिले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताइन् ।

आज बिहान जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धानलगायतका विषयमा मन्त्री मगरलाई जानकारी गराकी हुन् । निर्मला पन्तका परिवार र शहीद सनी खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...