जेपी गुप्ताले खोले अर्को पार्टी, मधेशमा आन्दोलनको घोषणा



हाम्रो इकोनोमि

 

केही समयदेखि राजनीतिकमा निस्क्रिय रहेका जेपी गुप्ता पुनः सक्रिय हुने भएका छन् । राष्ट्रिय तराई मधेश अभियानका संयोजक समेत रहेका गुप्ताले मधेशमा आन्दोलन गर्नुपर्ने विषयमा दुई दिन छलफल चलाएका छन् ।

 

सिरहाको लहानमा अभियानको सचिवालय बैठक राखेर उनी  आन्दोलनको तयारीका लागेका हुन् । भ्रष्टाचारको मुद्दामा जेल परेर रिहाइ भएका गुप्ता त्यसपछि पनि अभियानको माध्यमबाट सक्रिय भएका थिए । तर जब चुनाव शुरु भयो अनि उनी एकाएक निस्क्रिय भए । अचेल कृषि फर्ममा अधिकाँश समय बिताउँदै आएका उनी पुनः सक्रिय भएका छन् ।

 

बैेठकपछि रातोपाटीसँग फोनमा कुरा गर्दै उनले भने– ‘चुनावमा आफ्नो संगठन सहभागी नभएका हुनाले कुनै गतिविधि गर्नु भनेको त्यसको विरोधमा जानु हो त्यसैले त्यतिबेला चुप चाप बसे । चुनावपछि स्थानीय, प्रदेश र संघीय सरकार गठन भयो । यी सरकारले मधेशमा केही गर्ला कि हामी वेट एण्ड सीको अवस्थामा बस्यौं । तर यत्रो दिन बित्दा केही नगरेको देखेपछि हामी अब जनताको बीचमा जाने निर्णय गरेका छौं ।’

 

प्रदेश २ प्रतिपक्षविहिन सरकार भएको र उसलाई जे मन लाग्छ त्यही गर्र्ने गरेको आरोप लगाउँदै फोरम नेपाल संघीय सरकारमा सहभागी भएका कारणले प्रदेशमा नेकपा त्यसको विरुद्धमा केही नबोलेको टिप्पणी गरे ।

 

उनले भने– ‘नेकपा र फोरम नेपाल सत्ताधारी दल भएका कारण एकअर्काको बिरुद्धमा कुरै हुँदैन र काँग्रेस रणभुल्लमा परेको कारण त्यो दलबाट केही अपेक्षा गर्नै सक्दैन । त्यसले सरकारको क्रियाकलापको बारेमा कोही त बोल्ने हुनुपर्छ भन्दै हामी अघि सरको हौं ।’

 

प्रदेश नम्बर २ को सरकारले लोकप्रियताका लागि मात्र काम गरिरहेको आरोप लगाउँदै गुप्ताले अब अभियानले त्यसको खबरदारी गर्ने बताए । अभियानका केन्द्रीय सदस्य ललित मल्लिकका अनुसार भदौं र असोजभित्र प्रदेश २ का आठवटै जिल्लामा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्ने र त्यसपछि केन्द्रीय समितिको विस्तारित बैठक बसेर आगामी कार्यक्रम तय गर्नेछ ।

 

सचिवालयको बैठकमा केन्द्रदेखि प्रदेशसम्मको राजनीतिको समिक्षा गरिएको थियो । प्रदेश तथा केन्द्रमा राजपा नेपाल र फोरम नेपालको गतिविधि शंकाष्पद रहेको ठहर गर्दै यी दुई दलका कारण मधेशका जनता राजनीतिक रुपमा विचलित भएको ठहर बैठकले गरेको मल्लिकले बताए ।

अभियानको १३ जिल्लामा बलियो संगठन रहेको छ भने १८ जिल्लामा परिषद्का सदस्यहरु मात्र रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...