जेपी गुप्ताले खोले अर्को पार्टी, मधेशमा आन्दोलनको घोषणा



 

केही समयदेखि राजनीतिकमा निस्क्रिय रहेका जेपी गुप्ता पुनः सक्रिय हुने भएका छन् । राष्ट्रिय तराई मधेश अभियानका संयोजक समेत रहेका गुप्ताले मधेशमा आन्दोलन गर्नुपर्ने विषयमा दुई दिन छलफल चलाएका छन् ।

 

सिरहाको लहानमा अभियानको सचिवालय बैठक राखेर उनी  आन्दोलनको तयारीका लागेका हुन् । भ्रष्टाचारको मुद्दामा जेल परेर रिहाइ भएका गुप्ता त्यसपछि पनि अभियानको माध्यमबाट सक्रिय भएका थिए । तर जब चुनाव शुरु भयो अनि उनी एकाएक निस्क्रिय भए । अचेल कृषि फर्ममा अधिकाँश समय बिताउँदै आएका उनी पुनः सक्रिय भएका छन् ।

 

बैेठकपछि रातोपाटीसँग फोनमा कुरा गर्दै उनले भने– ‘चुनावमा आफ्नो संगठन सहभागी नभएका हुनाले कुनै गतिविधि गर्नु भनेको त्यसको विरोधमा जानु हो त्यसैले त्यतिबेला चुप चाप बसे । चुनावपछि स्थानीय, प्रदेश र संघीय सरकार गठन भयो । यी सरकारले मधेशमा केही गर्ला कि हामी वेट एण्ड सीको अवस्थामा बस्यौं । तर यत्रो दिन बित्दा केही नगरेको देखेपछि हामी अब जनताको बीचमा जाने निर्णय गरेका छौं ।’

 

प्रदेश २ प्रतिपक्षविहिन सरकार भएको र उसलाई जे मन लाग्छ त्यही गर्र्ने गरेको आरोप लगाउँदै फोरम नेपाल संघीय सरकारमा सहभागी भएका कारणले प्रदेशमा नेकपा त्यसको विरुद्धमा केही नबोलेको टिप्पणी गरे ।

 

उनले भने– ‘नेकपा र फोरम नेपाल सत्ताधारी दल भएका कारण एकअर्काको बिरुद्धमा कुरै हुँदैन र काँग्रेस रणभुल्लमा परेको कारण त्यो दलबाट केही अपेक्षा गर्नै सक्दैन । त्यसले सरकारको क्रियाकलापको बारेमा कोही त बोल्ने हुनुपर्छ भन्दै हामी अघि सरको हौं ।’

 

प्रदेश नम्बर २ को सरकारले लोकप्रियताका लागि मात्र काम गरिरहेको आरोप लगाउँदै गुप्ताले अब अभियानले त्यसको खबरदारी गर्ने बताए । अभियानका केन्द्रीय सदस्य ललित मल्लिकका अनुसार भदौं र असोजभित्र प्रदेश २ का आठवटै जिल्लामा अन्तक्रिया कार्यक्रम सम्पन्न गर्ने र त्यसपछि केन्द्रीय समितिको विस्तारित बैठक बसेर आगामी कार्यक्रम तय गर्नेछ ।

 

सचिवालयको बैठकमा केन्द्रदेखि प्रदेशसम्मको राजनीतिको समिक्षा गरिएको थियो । प्रदेश तथा केन्द्रमा राजपा नेपाल र फोरम नेपालको गतिविधि शंकाष्पद रहेको ठहर गर्दै यी दुई दलका कारण मधेशका जनता राजनीतिक रुपमा विचलित भएको ठहर बैठकले गरेको मल्लिकले बताए ।

अभियानको १३ जिल्लामा बलियो संगठन रहेको छ भने १८ जिल्लामा परिषद्का सदस्यहरु मात्र रहेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
रामेछापमा यात्रुलाई नि:शुल्क खाजा

    दशैंका यात्रुलाई लक्षित गरी रामेछापको खाँडादेवी गाउँपालिका-३ भीरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल

पश्चिमी वायुको प्रभावले हल्का वर्षाको सम्भावना

  पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको जल

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी एयरलाइन्सले उडान गर्ने

    मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय