१६ तोला सुनसहित एक व्यक्ति पक्राउ



 

 

सुनसरीबाट १६ तोला बढी सुनसहित एक कारोबारी पक्राउ परेका छन्।

 

सुन तस्करीमा संलग्न तफेजुल अन्सारीलाई सशस्त्र प्रहरीले सुनसरीको हरिनगर गाउँपालिकाअन्तर्गत पर्ने भारतीय सीमावर्ति क्षेत्र घुस्कीबाट १६ तोला सुनसहित पक्राउ गरेको हो।

 

घुस्की बिओपी इन्चार्ज प्रहरी निरीक्षक दिलीपकुमार पन्तका अनुसार चेकजाँचका क्रममा भारतीय नम्बर प्लेटको बिआर ३८ जे ४७०० नम्बरको मोटरसाइकलमा सवार अन्सारीको साथबाट सुन बरामद गरिएको हो।

 

सुनसहित मोटरसाइकल र चालक सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको सशस्त्रले जनाएको छ।

 

सुनसरी नाकाबाट तस्करीको सुन बरामद भएको घटना पहिलो नभए पनि निकै लामो समयपश्चात् सुनसहित तस्करमा संलग्न व्यक्ति पक्राउ परेको सशस्त्र प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
आईसीसी क्रिकेट वर्ल्डकप : नेपाल १७२ रनमै अलआउट

    आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले घरेलु मैदानमा जारी पहिलो त्रिदेशीय एकदिवशिय

पर्यटनमन्त्री किराती कमिसनमा लिप्त रहेको सांसद खतिवडाको आरोप

    प्रमुख प्रतिपक्षी एमालेले राजीनामा मागिरहेकै बेला गठबन्धनको प्रमुख घटक कांग्रेसका सांसदले

सहकारी संचालकलाई कारबाही गर्न कसले रोक्यो : सांसद भट्टराई

    नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा

इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ को उपनिर्वाचन आगामी वैशाखमा

  . प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर