१,८०९ शब्द शीर्षकको किताव लेखेर सृजनले बनाए विश्व कीर्तिमान



हाम्रो इकोनोमि

 

हालसम्मकै सबैभन्दा लामो शीर्षकको किताव लेखेर एक नेपाली युवाले विश्व कीर्तिमान बनाएका छन् ।

 

२० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर यो कीर्तिमान बनाएका हुन् । सृजनले १,८०९ शब्द र ११ हजार २८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन् । ५० पृष्ठको पुस्तकको उपशीर्षक भने ‘द ब्रेन’ रहेको छ ।

गिनिज वल्र्ड रेकर्डले सृजनलाई प्रमाणपत्र उपलब्ध गराइसकेको छ । बिहीबार काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित एक कार्यक्रममा उनलाई उक्त प्रमाणपत्र प्रदान गरियो । सृजन सेन्ट जेभियर्सका पूर्व विद्यार्थी हुन् ।

सृजनले मस्तिष्कको विकासका बारेमा पुस्तक लेखेका हुन् । ८ कक्षामा पढ्दादेखि नै आफूले किताब लेख्न शुरु गरेको सृजनले जानकारी दिएका छन् । हाल उनी इमाडोलमा रहेको किस्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । सृजनका बुवा सन्तोष तिमिल्सिना सानैदेखि छोराको रुची मानव विकाससम्बन्धी खोजमूलक सामग्रीको अध्ययनमा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...