१,८०९ शब्द शीर्षकको किताव लेखेर सृजनले बनाए विश्व कीर्तिमान



हाम्रो इकोनोमि

 

हालसम्मकै सबैभन्दा लामो शीर्षकको किताव लेखेर एक नेपाली युवाले विश्व कीर्तिमान बनाएका छन् ।

 

२० वर्षीय विद्यार्थी सृजन तिमिल्सिनाले विश्वकै सबैभन्दा लामो शीर्षकको किताब लेखेर यो कीर्तिमान बनाएका हुन् । सृजनले १,८०९ शब्द र ११ हजार २८४ क्यारेक्टरको शीर्षकमा पुस्तक लेखेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका हुन् । ५० पृष्ठको पुस्तकको उपशीर्षक भने ‘द ब्रेन’ रहेको छ ।

गिनिज वल्र्ड रेकर्डले सृजनलाई प्रमाणपत्र उपलब्ध गराइसकेको छ । बिहीबार काठमाडौंको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा आयोजित एक कार्यक्रममा उनलाई उक्त प्रमाणपत्र प्रदान गरियो । सृजन सेन्ट जेभियर्सका पूर्व विद्यार्थी हुन् ।

सृजनले मस्तिष्कको विकासका बारेमा पुस्तक लेखेका हुन् । ८ कक्षामा पढ्दादेखि नै आफूले किताब लेख्न शुरु गरेको सृजनले जानकारी दिएका छन् । हाल उनी इमाडोलमा रहेको किस्ट मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी हुन् । सृजनका बुवा सन्तोष तिमिल्सिना सानैदेखि छोराको रुची मानव विकाससम्बन्धी खोजमूलक सामग्रीको अध्ययनमा रहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...