उपचार खर्च तिर्ने कागज गरेपछि अस्पतालबाट छुटे सुरज



हाम्रो इकोनोमि

 

 

उपचार सकिएको लामो समयसम्म अस्पतालमै अघोषित बन्धक बनेका सुरज बिक शुक्रबार घर गएका छन् । बाबु र दाइले उपचार खर्च वापतको रकम आगामी पुसभित्र तिर्ने कागज गरेपछि जेनस अस्पतालले सुरजलाई डिस्चार्ज गरेको हो ।

 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २३ वषिर्य सुरज मोटरसाइकल दुर्घटनामा दाहिने खुट्टा फ्याक्चर भएपछि २०७४ साल जेठ १४ गते बुटवल अस्पताल लाइन नजिकै रहेको जेनस अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको ६ महिनापछि उनको उपचार पूरा भएको थियो तर, उपचार खर्च तिर्न नसक्दा घर जान पाएनन् । उपचारवापत तिर्नुपर्ने रकम, फार्मेसीमा औषधि किनको र होटलमा खाना खाएको पैसा नतिर्दा उनी डिस्चार्ज भएनन् ।

घरको आर्थिक अवस्था कमजोर रहेको विपन्न परिवारका सुरजले उपचार गर्न आफ्नो एक कठ्ठा जग्गा दृष्टिबन्धक राखेर एक लाख रुपैयाँ लिएर आएका थिए । तर सोचे भन्दा १५ गुणा बढी बिल आएपछि तिर्न नसकेपछि उनी अस्पतालमै थन्किए । सबै रकम जोड्दा १५ लाखको हाराहारीमा खर्च भएको सुरजको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताए ।

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक बनेको खबरसार्वजनिक भएपछि प्रहरीले जनप्रतिनिधिको रोहबरमा सुरजको उद्दार गरेको छ ।

डीएसपी मल्लका अनुसार अस्पतालको उपचार वापतको खर्च करिब १२ लाख, औषधीको करिब २ लाख र होटेलमा खाना खाएको एक लाख भन्दा बढी तिर्नुपर्ने देखिएको छ ।

तिर्नुपर्ने रकममा अस्पतालले २५ प्रतिशत छुट गरी पुस मसान्तसम्म सुरजका दाजु दीपक बिक र बुबा भगवती बिकले दिने सहमतिमा कागज गरेर सुरजलाई घर फर्काइएको छ । अस्पतालको बिलमा शंका लागे सरकारी र निजी अस्पतालका प्रतिनिधि राखेर भेरिफाई गरेर मात्र भुक्तानी दिने मौखिक सहमति भएको डीएसपी मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...