निर्मला हत्याकाण्ड : न्यायको माग गर्दै विद्यार्थीले तताए सडक



हाम्रो इकोनोमि

 

 बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउका लागि दबाब स्वरुप तुलसीपुरमा विद्यार्थीहरुले दवाव र्‍याली निकालेका छन् ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेज र ज्ञानज्योति माविका विद्यार्थीहरुले ‘हत्यारालाई कारबाही गर’ ‘बलात्कारीलाई फाँसी दे ’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित वजार परिक्रमा गरेका थिए ।

उनीहरुले वजार परिक्रमा पश्चात विपी चोकमा पुगेर कोण सभा गर्दै बालबालिकाहरुको सुरक्षामा लागि प्रशासनले ध्यान दिनुपर्ने वताउँदै निर्मलाका हत्यारालाई तत्काल कारबाही गर्न माग समेत गरेका थिए ।

 कार्यक्रममा वोल्दै विद्यार्थी शिक्षा श्रेष्ठले बालिकाको वलत्कार भएर हत्या हुँदा समेत सरकारले पहलकदमी लिन नसक्नु दुख लाग्दो कुरा भएको वताएकी थिइन् ।

 पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको वताउँदै श्रेष्ठले बलात्कारीका लागि बलियो कानुन बनाउनुपर्ने माग गरिन् ।

 अर्की विद्यार्थी मनिषा डाँगीले महिलाहरु हरेक ठाउँमा असुरक्षित भएको भन्दै सरकारले सुरक्षा दिन नसकेको आरोप लगाइन् ।

विद्यार्थी हेमन्त प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश वली, सुवास सुवेदी लगायतका विद्यार्थीले पनि मन्तव्य राखेका थिए ।

 कार्यक्रमको सहजीकरण तेजकुमार वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...