निर्मला हत्याकाण्ड : न्यायको माग गर्दै विद्यार्थीले तताए सडक



हाम्रो इकोनोमि

 

 बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउका लागि दबाब स्वरुप तुलसीपुरमा विद्यार्थीहरुले दवाव र्‍याली निकालेका छन् ।

तुलसीपुरमा रहेको ज्ञानदीप कलेज र ज्ञानज्योति माविका विद्यार्थीहरुले ‘हत्यारालाई कारबाही गर’ ‘बलात्कारीलाई फाँसी दे ’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित वजार परिक्रमा गरेका थिए ।

उनीहरुले वजार परिक्रमा पश्चात विपी चोकमा पुगेर कोण सभा गर्दै बालबालिकाहरुको सुरक्षामा लागि प्रशासनले ध्यान दिनुपर्ने वताउँदै निर्मलाका हत्यारालाई तत्काल कारबाही गर्न माग समेत गरेका थिए ।

 कार्यक्रममा वोल्दै विद्यार्थी शिक्षा श्रेष्ठले बालिकाको वलत्कार भएर हत्या हुँदा समेत सरकारले पहलकदमी लिन नसक्नु दुख लाग्दो कुरा भएको वताएकी थिइन् ।

 पछिल्लो समय बलात्कारका घटनामा उल्लेख्य वृद्धि भएको वताउँदै श्रेष्ठले बलात्कारीका लागि बलियो कानुन बनाउनुपर्ने माग गरिन् ।

 अर्की विद्यार्थी मनिषा डाँगीले महिलाहरु हरेक ठाउँमा असुरक्षित भएको भन्दै सरकारले सुरक्षा दिन नसकेको आरोप लगाइन् ।

विद्यार्थी हेमन्त प्रकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश वली, सुवास सुवेदी लगायतका विद्यार्थीले पनि मन्तव्य राखेका थिए ।

 कार्यक्रमको सहजीकरण तेजकुमार वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...