उपचार शुल्क तिर्न नसक्दा १६ महिनादेखि अस्पतालमा बन्धक



हाम्रो इकोनोमि

 

उपचार शुल्क तिर्न नसक्दा बुटवलको एक निजी अस्पतालले १६ महिनासम्म युवकलार्इ बन्धक बनाएर राखेको खुलासा भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर राखेको हो ।

बिक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर अस्पतालले उनको हातमा १५ लाख रुपैयाँको बिल थमाइदियो ।

१ कट्ठा जग्गा दृष्टि बन्धक राखेर १ लाख रुपैयाँ उपचार खर्च जोहो गरेका बिकले अस्पतालले थमाएको १५ गुणा बढी शल्क तिर्न सकेनन् । ‘खुट्टा भाँचिएको उपचार गर्न भएको १ कट्ठा जग्गा दृष्टिबन्धकी राखेर १ लाख लिएको थिएँ’, बिकले भने, ‘तर अस्पतालले थमाएको १५ लाखको बिल तिर्न नसकेपछि १६ महिनादेखि अस्पतालकै नियन्त्रणमा छु ।’

अस्पतालले भने यसबारे केही बताएको छैन । अस्पतालका सञ्चालक डा. मोहन सिंहसँग जानकारी लिन सम्पर्क गर्दा उनको मोबाइल स्वीच्ड अफ थियो ।

रकम तिर्न नसकेर युवक बन्धक बनेको सार्वजनिक भएपछि प्रहरीले उनको उद्धार गर्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले युवक अस्पतालमा बन्धक भएको जानकारी पाएसँगै उद्धार गर्ने तयारी थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...