उपचार शुल्क तिर्न नसक्दा १६ महिनादेखि अस्पतालमा बन्धक



हाम्रो इकोनोमि

 

उपचार शुल्क तिर्न नसक्दा बुटवलको एक निजी अस्पतालले १६ महिनासम्म युवकलार्इ बन्धक बनाएर राखेको खुलासा भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर राखेको हो ।

बिक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर अस्पतालले उनको हातमा १५ लाख रुपैयाँको बिल थमाइदियो ।

१ कट्ठा जग्गा दृष्टि बन्धक राखेर १ लाख रुपैयाँ उपचार खर्च जोहो गरेका बिकले अस्पतालले थमाएको १५ गुणा बढी शल्क तिर्न सकेनन् । ‘खुट्टा भाँचिएको उपचार गर्न भएको १ कट्ठा जग्गा दृष्टिबन्धकी राखेर १ लाख लिएको थिएँ’, बिकले भने, ‘तर अस्पतालले थमाएको १५ लाखको बिल तिर्न नसकेपछि १६ महिनादेखि अस्पतालकै नियन्त्रणमा छु ।’

अस्पतालले भने यसबारे केही बताएको छैन । अस्पतालका सञ्चालक डा. मोहन सिंहसँग जानकारी लिन सम्पर्क गर्दा उनको मोबाइल स्वीच्ड अफ थियो ।

रकम तिर्न नसकेर युवक बन्धक बनेको सार्वजनिक भएपछि प्रहरीले उनको उद्धार गर्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले युवक अस्पतालमा बन्धक भएको जानकारी पाएसँगै उद्धार गर्ने तयारी थालेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...