यूएईसँग पनि हार्‍यो नेपाल, एसिया कप खेल्ने सम्भावना टाढियो



 

एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

बिहीबार युएईसँग ७८ रनले हारेसँगै नेपालको एसिया कप खेल्ने सम्भावना टाढिएको छ । हालै मात्र एक दिवसीय मान्यता पाएको नेपाल छनोट प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग एसिया कप खेल्ने लक्ष्यका साथ मलेसिया पुगेको थियो ।

युएईले दिएको २५५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर सकिन ७ बल बाँकी छदा सबै विकेटको क्षतिमा १७६ रन मात्रै बनाउन सक्यो । नेपालका सुवास खकुरेल र दीपेन्द्रसिंह ऐरी बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

सुवासले ५० र दीपेन्द्रले ४० रन बनाए । नेपालका लागि उच्च स्तरका ब्याट्सम्यान चल्न सकेनन् । कप्तान पारस खड्का १६, उपकप्तान ज्ञानेन्द्र मल्ल ४, सागर पुन र आरिफ शेख समान ३-३ रनमा आउट भए ।

यद्यपि नवौं नम्बरमा ब्याटिङ गर्न आएका सोमपाल कामी र १०औं नम्बरमा आएका बसन्तले ३४ रनको साझेदारी गर्दै नेपाललाई ठूलो अन्तरको हारबाट जोगाए । सोमपालले अविजित २७ र बसन्तले १२ रन बनाएका थिए ।

बलिङतर्फ युएईका अहमद राजाले ४ र मोहम्मद नभिदले ३ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनाएको थियो । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा युएईले उत्कृष्ट सुरुवात गरेको थियो । युएईका लागि चिराग सुरीले ६५, एड्नान मुफ्तीले अविजित ५७, अश्फाक अहमदले ४५ र र रमिज शाहजादले ३६ रन बनाए ।

सन्दीपले पूरै १० ओभर बलिङ गर्दै २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए । त्यस्तै, नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

एसिया कप खेल्ने सम्भावना टाढियो

नेपालले अब बाँकी तीन खेल क्रमशः मलेसिया, सिंगापुर र हङकङसँग खेल्नु पर्नेछ । बाँकी तीन वटै खेल जित्दा पनि नेपालको अंक ६ मात्र हुनेछ ।

जबकी नेपाललाई हराएको यूएई र ओमान दुबैले दुई खेलबाट ४/४ अंक बटुलिसकेका छन् । अब यूएईले मलेसिया र हङकङ तथा ओमानले हङकङ र सिंगापुरसँग खेल्न बाँकी छ । एक खेलमा भने यूएई र ओमान अमनेसामने हुनेछन् ।

त्यसैले एसिया कपमा स्थान बनाउन अघि फाइनल पुग्न पनि नेपाललाई निकै कठिन छ । छनोट प्रतियोगिताको विजेताले एसिया कप खेल्न पाउनेछ ।

यद्यपि यूएई र ओमानका बाँकी खेलमा अनपेक्षित नजिता आए नेपाललाई लाभ हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ईश्वर पोखरेललाई एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको

माओवादी हरेक दिन कमजोर बन्दै जान्छ : घनश्याम भुसाल

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादी हरेक दिन कमजोर बन्दै

पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको