जोर र बिजोर प्रणालीप्रति माग्ने बुढाको कडा टिप्पणी
बिमस्टेक सम्मेलनका कारण राजधानीमा तीन दिनसम्म सवारी साधनलाई जोर र बिजोर प्रणाली लागु गरिएको छ ।
सडक खुला गर्न लागु गरिएको यस प्रणालीबाट सर्वसाधरणले सास्ती पाइरहेका छन् भने कतिपय विद्यालयहरु बन्द भएका छन् ।
समग्रमा यस सरकारले सवारी साधनमा लगाएको जोर र बिजोर प्रणालीको बिरोध भैरहेको छ ।
यस्तैमा चर्चित हाँस्य व्यांग्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढाले जोर बिजोर प्रणालीलाई ब्यांग्य हान्दै बिरोध गरेका छन् ।
माग्ने बुढा लेख्छन्, ‘सवारी चाप घटाउन जोर कि बिजोर खेल्नु भन्दा सार्वजनिक ठुलाठुला बसहरुलाई प्रोत्साहन गर्नु पर्दछ ।
अनावश्यक निजि सवारी साधनलाई निरुत्साहित गर्नु पर्दछ ।
दश दश मिनेटमा बस छुट्ने, सिट भन्दा बढी यात्रु नराख्ने, समयमा पुर्याउँने, भाडा पनि सस्तो पर्ने, जता जान पनि बस पाइने र बस चढ्ने यात्रुलाई सम्मान हुने हो भने निजि सवारी साधन कसैले किन्दैन ।
कमिशनको खेलामा मनलाग्दी मोटर भित्र्यायो, जोर कि बिजोर खेल्यो बस्यो । जोर कि बिजोर होइन, जोग कि बिजोग ?’


