जङ्गली हात्तीबाट ज्यान गुमाएकालाई राहत



हाम्रो इकोनोमि

 

डिभिजन वन कार्यालय झापाले वन्यजन्तुबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत प्रदान गरेको छ ।

आर्थिक वर्ष २०७४÷०७५ मा जङ्गली हात्तीका कारण ज्यान गुमाएका तीन जनालाई प्रतिपरिवार रु १० लाख क्षतिपूर्ति बुधबार हस्तान्तरण गरिएको हो ।

वन्यजन्तु क्षतिबापत अनारमनीका रसुल मिया, हरिमान राजवंशी र चन्द्रगढीका दुर्गाबहादुर कटुवालको परिवारलाई सो राहत दिइएको हो ।

त्यसैगरी डढेलोबाट रोकथाम तथा हरियाली निर्माण गरेबापत उत्कृष्ट सामुदायिक वन प्रथम कमलधाम रामपोखरी वन, द्धितीय प्रजापति सामुदायिक वन र तृतीय हिमालय सामुदायिक वन कन्काइलाई नगदसहित पुरस्कृत गरिएको डिभिजन वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले बताउनुभयो ।

सोही अवसरमा उत्कृष्ट सशस्त्र वन रक्षक सम्मानबाट प्रदीप राजवंशी र लोकबहादुर बुढाथोकी सम्मानित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...

कोलम्बियामा सेनाको विमान दुर्घटना, ६६ जनाको मृत्यु

  कोलम्बियामा सेनाको विमान दुर्घटना भएको छ । दक्षिणमा उडान भरेको केही समयपछि...

होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...