अस्ट्रेलियामा पहिलो पटक जनैपूर्णिमा र गाईजात्रा



हाम्रो इकोनोमि

 

अस्ट्रेलियामा आफ्नो भाषा, कला, र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने अभिप्रायले पहिलो पटक आयोजना गरिएको गाईजात्रा तथा रक्षाबन्धन कार्यक्रम भव्यता र सभ्यताका साथ सिड्नीमा सम्पन्न भएको छ।

गोरखा समाज अष्ट्रेलियाद्वारा आयोजित यस कार्यक्रममा गाईजात्रा, लाखे तथा विभिन्न संस्कृति तथा समुदायको विशेषता झल्कने झाँकीहरु प्रदर्शन गरिएका थिए ।

बिहान रक्षाबन्धनबाट शुरु भएको उक्त कार्यक्रम दिउँसो गाईजात्रा, लाखे र बिभिन्न झाँकीहरु सहितका परेडमा परिवर्तन भएको थियो ।

कार्यक्रममा लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक एबं गोरखा समाज अष्ट्रेलियाका सल्लाहकार रामकुमार श्रेष्ठले सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी मानिने नेपालले बहुसांस्कृतिक देश अस्ट्रेलियामा यस किसिमका कार्यक्रम मनाउनुको बहुआयामिक महत्व हुने बताउनु भयो ।

एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले गोरखा समाज अस्ट्रेलियाले गाइजात्रालाई सिग्नेचर प्रोग्रामको रुपमा निरन्तरता दिनु उपयुक्त हुने सुझाब दिनु भयो ।

कार्यक्रममा डा नारायण प्रधान र स्पोन्सरका तर्फबाट मल्टी डाइनामिक रियल स्टेटका मेघ राजा पौडेलले पनि मन्तब्य राख्नु भएको थियो ।

गोरखा समाज अस्ट्रेलियाका अध्यक्ष त्रिलोचन पोखरेलको अध्यक्षतामा भएको छोटो औपचारिक कार्यक्रमको सन्चालन सुरेन्द्र दवाडीले गर्नु भएको थियो जस्मा आयोजकका तर्फबाट महासचिव प्रकाश बस्ताकोटीले स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा नेपाली हाँसो, खुसी, सत्कार र सद्भावको संस्कारलाई विदेशी भूमिमा जगेर्ना गर्न तथा हुर्कदै गरेका दोस्रो पिढीलाई समेत बुझाउन र सिकाउन यस्ता मौलिक कार्यक्रमहरू कोशेढुङ्गा सावित हुने बताए।

कार्यक्रममा सिड्नीस्थित विभिन्न संघसस्थाहरूको सहभागितामा साँस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथै गाईजात्राको मौलिक टाकटुके नाचका साथै गुठी अष्ट्रेलियको सहकार्यमा चर्चित लाखे नाचको प्रस्तुति रहेको थियो ।

कार्यक्रमको प्रमुख आकर्षकका रूपमा मेरी बास्सैका हाँस्यकलाकार राजु मास्टर तथा बल्छी धुर्बेको विशेष प्रस्तुति थियो ।

अस्ट्रेलियन फिल्म ूसर्भाइभ अर डाइू फिल्ममा भूमिका निर्बाह गरेकी बिभिन्न अवार्डद्धारा सम्मानित ११ बर्षीया सरिना सैंजू लगायत थुप्रै स्थानीय कलाकारहरुको पनि आकर्षक प्रस्तुति रहेको यो चरणको कार्यक्रमको सन्चालन मदन कोइराला र सविना शाक्यले गर्नु भएको थियो ।

जनै पूर्णिमाको दिन आयोजना भएको उक्त कार्यक्रममा ऋषि तर्पणी तथा रक्षा बन्धन कार्यक्रम हिन्दु समाज अष्ट्रेलियाको संयोजनमा सम्पन्न भएको थियो ।

कार्यक्रममको नारा कला,धर्म, संस्कृति नेपालीको शान( डाँफे, बुद्ध, सगरमाथा हाम्रो पहिचान राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...

गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...