दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा पनि अध्यक्षको दावेदार



हाम्रो इकोनोमि

 

 

 

सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तयार गरेको नामावली मन्त्रीपरिषदमा पठाएको छ ।

 

आगामी मन्त्रीपरिषद्को बैकठमा त्यसबारे छलफल हुने सूचना मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् । अध्यक्षको लागि मन्त्रालयले आवेदन समेत खुल्ला गरेको थियो ।

 

उक्त आवेदनमा आएका नामहरुबाट तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सुशील घिमिरे, दिगाम्बर झा र पुरुषोत्तम खनाललाई अध्यक्षमा सिफारिस गरिएको छ ।

 

दिगम्बर झा भर्खरै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले हटाएको थियो । उनले आफू पुनः अध्यक्ष बन्नयोग्य रहेको भन्दै आवेदन दिएका हुन् । सुशील घिमिरे सञ्चार मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

 

उनलाई मन्त्रालयले प्राथमिकतामा राखेको स्रोतको दावी छ । त्यस्तै पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...