दूरसंचारको अध्यक्षमा तीन नाम सिफारिस, मन्त्रिपरिषदले हटाएका दिगम्बर झा पनि अध्यक्षको दावेदार



हाम्रो इकोनोमि

 

 

 

सूचना सञ्चार तथा प्रविधि मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि तयार गरेको नामावली मन्त्रीपरिषदमा पठाएको छ ।

 

आगामी मन्त्रीपरिषद्को बैकठमा त्यसबारे छलफल हुने सूचना मन्त्रालयका सहसचिव रामचन्द्र ढकालले जानकारी दिएका छन् । अध्यक्षको लागि मन्त्रालयले आवेदन समेत खुल्ला गरेको थियो ।

 

उक्त आवेदनमा आएका नामहरुबाट तीन जनाको नाम मन्त्रीपरिषदमा पठाएको स्रोतले जानकारी दिएको छ । मन्त्रालय स्रोतका अनुसार सुशील घिमिरे, दिगाम्बर झा र पुरुषोत्तम खनाललाई अध्यक्षमा सिफारिस गरिएको छ ।

 

दिगम्बर झा भर्खरै प्राधिकरणबाट हटाइएका व्यक्ति हुन् । उनलाई असार २० गतेको मन्त्रिपरिषद्को बैठकले हटाएको थियो । उनले आफू पुनः अध्यक्ष बन्नयोग्य रहेको भन्दै आवेदन दिएका हुन् । सुशील घिमिरे सञ्चार मन्त्रालयको सचिवका रुपमा पनि काम गरिसकेका व्यक्ति हुन् ।

 

उनलाई मन्त्रालयले प्राथमिकतामा राखेको स्रोतको दावी छ । त्यस्तै पुरुषोत्तम खनाल प्राधिकरणकै वरिष्ठ निर्देशकका रुपमा कार्यरत छन् ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...