नक्कली सर्टिफिकेटले प्रहरीको इन्सपेक्टरको जागिर, विशेष अदालतमा मुद्दा दायर



हाम्रो इकोनोमि

 

 

प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको रहस्य खुलेको छ ।

 

प्रहरी प्रधान कार्यालयमा कार्यरत इन्सपेक्टर चूँडामणि केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना भएर प्रहरी निरीक्षकसम्म बढुवा भएका केसीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्ने उजुरीका आधारमा छानबिन गर्दा उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणसी भारतबाट प्राप्त गरेको इन्टरमिडियट लेभलको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको तथा बढुवाको सुविधा समेत उपभोग गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कार्बाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...