नक्कली सर्टिफिकेटले प्रहरीको इन्सपेक्टरको जागिर, विशेष अदालतमा मुद्दा दायर



हाम्रो इकोनोमि

 

 

प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) ले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको रहस्य खुलेको छ ।

 

प्रहरी प्रधान कार्यालयमा कार्यरत इन्सपेक्टर चूँडामणि केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रहरी सहायक निरीक्षक (असई) पदमा भर्ना भएर प्रहरी निरीक्षकसम्म बढुवा भएका केसीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको भन्ने उजुरीका आधारमा छानबिन गर्दा उनले माध्यमिक शिक्षा परिषद क्षेत्रीय कार्यालय वाराणसी भारतबाट प्राप्त गरेको इन्टरमिडियट लेभलको शैक्षिक प्रमाण पत्र नक्कली भएको फेला परेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

केसीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको तथा बढुवाको सुविधा समेत उपभोग गरेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत कार्बाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...