डुंगा दुर्घटनामा बेपत्ता पाँचको शव भारतमा भेटियो



हाम्रो इकोनोमि

 

 

 

गत शनिबार टिकुलियाघाटस्थित लालबकैया नदीमा निमार्ण हुँदै गरेको पुलको पिलरमा डुंगा ठोक्‍किएर दुर्घटना हुँदा बेपत्त भएका पाँचैजनाको शव फेला परेको छ।

हराएका पाँचै जनाको शव भारतको विभिन्न स्थानमा फेला परेको हो।बुधबार ४५ वर्षीया इन्दुदेवी  कुर्मीको शव भारतको शिवहर जिल्लास्थित बेलाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसअघि भारतकै विभिन्न स्थानमा गौर- ४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ वर्षीया रुनादेवी पटेल र गौर- ४ की १० वर्षीया बालिका उषमा पटेल र १९ वर्षीय ओमप्रकाश चन्द्रबंशीको शव भारतको शिवहर जिल्लास्थित जमुवाघाट नजिकै फेला परेको थियो।डुंगा दुर्घटनामा २४ जना पौडिएर बाँच्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...