डुंगा दुर्घटनामा बेपत्ता पाँचको शव भारतमा भेटियो



हाम्रो इकोनोमि

 

 

 

गत शनिबार टिकुलियाघाटस्थित लालबकैया नदीमा निमार्ण हुँदै गरेको पुलको पिलरमा डुंगा ठोक्‍किएर दुर्घटना हुँदा बेपत्त भएका पाँचैजनाको शव फेला परेको छ।

हराएका पाँचै जनाको शव भारतको विभिन्न स्थानमा फेला परेको हो।बुधबार ४५ वर्षीया इन्दुदेवी  कुर्मीको शव भारतको शिवहर जिल्लास्थित बेलाघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसअघि भारतकै विभिन्न स्थानमा गौर- ४ टिकुलियाकी ६५ वर्षीया शान्तिदेवी साह र इशनाथ नपा औरयाटोलकी ३५ वर्षीया रुनादेवी पटेल र गौर- ४ की १० वर्षीया बालिका उषमा पटेल र १९ वर्षीय ओमप्रकाश चन्द्रबंशीको शव भारतको शिवहर जिल्लास्थित जमुवाघाट नजिकै फेला परेको थियो।डुंगा दुर्घटनामा २४ जना पौडिएर बाँच्न सफल भएका थिए।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...