नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न ग्याङ्गस्टर पक्राउ : फिरौतीमा लिएका थिए १६ करोडको सुन 



हाम्रो इकोनोमि

 

 

दिल्ली प्रहरीको क्राइम ब्राञ्चले नेपाली उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको भनिएका ग्याङ्गस्टर विकास सिंहलाई शनिबार पक्राउ गरेको छ ।

 

केडिया २०७३ साल जेठ १२ गते अपहरणमा परेका थिए । यसको चार दिनपछि उनलाई १६ गते बिहारको मोतिहारीबाट बिहार प्रहरीले अपहरणमुक्त गरेको थियो ।

 

भारतीय प्रहरीका अनुसार केडियाले फिरौती स्वरुप सिंहका सहयोगीलाई नयाँ दिल्लीको चाँदनी चोकमा १० करोड भारु बराबरको सुन बुझाएका थिए ।

 

हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारमा भनिएको छ, ‘फेरि निशानामा पर्ने डरले छुटेको तीन दिनपछि उनले कथितरुपमा फिरौती बापत सुन बुझाएका थिए ।’

 

केडियाको अपहरणमा संलग्नताबाहेक सिंहले फिरौती रकमको बाँडफाँडको विवादमा अपहरणको मास्टरमाइन्ड भनिएका बब्लु दुवेको पनि ‘सफाया’ गरेका थिए ।

त्यतिबेला बुक्सार जेलमा रहेका दुवेलाई पटनाबाट १८२ किमी टाढा रहेको बेतियास्थित अदालत परिसरमा गोली प्रहार गरिएको थियो ।

 

सिंह केही महिनादेखि आशु पहलवानसँग दिल्लीमा लुकेर बसिरहेको र एउटा टुर र ट्राभल कम्पनी चलाइरहेको विशेष सूचना प्रहरीले पाएको थियो ।

 

 

क्राइम ब्राञ्चका डेप्युटी कमिश्नर राम गोपाल नायकले भने, ‘नेपाली उद्योगीको अपहरण तथा बब्लु दुवेको हत्याका आरोपी बिहारका वान्टेड ग्याङ्गस्टर सिंह दिल्लीमा लुकेर बसेको सूचनाको आधारमा कारवाहीपछि शनिबार पक्राउ गरिएको हो ।’

 

सिंह दक्षिण दिल्लीस्थित संगम सिनेमा हल अगाडि राती १० बजे कसैलाई भेट्न आउने सूचना थियो । उनी त्यहाँ आइपुग्ने बित्तिकै पक्राउ परे ।

 

सोधपुछका क्रममा सिंहले केडियाबाट प्राप्त फिरौती रकमको विवादमा दुवेको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

‘बिहारका ग्याङ्गस्टर कुनाल सिंह र राहुल सिंह पनि केडिया अपहरण र दुवेको हत्यामा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ,’ प्रहरीले बताएको छ ।

 

राहुल र कुनाल दुवै यसअघि नै पक्राउ परिसकेका छन् ।

 

दुवेले बुक्सार जेलमा रहेका बेला केडियाको अपहरणको योजना बुनेको प्रहरीको भनाई छ ।

 

सिंहको पक्राउसँगै प्रहरीले गाजियाबादको अर्का एक व्यवसायीको हत्याको योजनालाई पनि तुहाएको छ । ‘जुलाई १८ मा सिंहले गाजियाबादको एक व्यवसायीको हत्या गर्न १५ लाखको कन्ट्रयाक्ट र दुई वटा चिनियाँ पेस्तोल समेत पाएका थिए,’ प्रहरीले भन्यो, ‘उनको सहयोगी र हतियारको खोजी भइरहेको छ ।’

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...