न्याम्सको उपकुलपतिका लागि २२ जनाको दरखास्त (नामावलीसहित) कसको पल्ला भारी



 

१२९ बर्ष पुरानो र ठूलो अस्पलात वीर अस्पताल तथा धेरै विशेषज्ञ डाक्टर उत्पादन गर्ने प्रतिष्ठान ‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान–न्याम्स’ को रिक्त उपकुलपतिका लागि २२ चिकित्सकले दरखास्त हालेका छन् ।

कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीबाट गठित सहकुलपति स्वास्थ्यमन्त्री संयोजकत्वको समितिले १५ दिनअघि दरखास्त आह्वान गरेको थियो ।

१५ दिनको अबधिमा दरखास्तको अन्तिम मिति आइतबारसम्म २२ जनाको दरखास्त परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

निवर्तमान विवादित र अख्तियार दूरुपयोग अनुसन्धान आयोग तथा राष्ट्रिय सर्तकता केन्द्रले छानविन गरिरहेका उपकुलपति डा गणेश गुरुङदेखि वरिष्ठ चिकित्सक, प्राध्यापक र पूर्व पदाधिकारीहरूले दरखास्त हालेका छन् ।

मन्त्रालयका अनुसार पूर्व डिन सीताराम चौधरी पूर्वरेक्टर डा श्रीकृष्ण गिरी, निवर्तमान रेक्टर यहुनचन्द्र शिवाकोटीदेखि प्रसूतिगृहका निर्देशक डा जागेश्वर गौतमले समेत दरखास्त हालेका छन् ।

त्यसैगरी, न्याम्सका वरिष्ठ चिकित्सकहरू अनिल मिश्र, डा विधाननिधि पौडेल, वीर अस्पताल आकस्मिक विभाग प्रमुख डा भोलाराम श्रेष्ठ, प्रसूतिगृहका विशेषज्ञ डा गेहनाथ बराललगायत २२ जनाले दरखास्त दिएका छन् ।

को को हुन् रु

१, प्राडा सिताराम चौधरी
२, प्राडा गणेशबहादुर गुरुङ्ग
३, प्राडा स्वयं प्रकाश पण्डित
४, प्राडा अनिल कुमार मिश्र
५, डा पियुष दाहाल
६, प्राडा श्रीकृष्ण गिरी
७, प्राडा बुलन्द थापा
८, प्राडा गेहनाथ बराल
९, डा राम परिक्षण यादव
१०, प्राडा किरण मानन्धर
११, प्राडा विधाननिधि पौडेल
१२, प्राडा रमिला श्रेष्ठ
१३, प्रा डा विजय कुमार शर्मा
१४, प्राडा यहुनचन्द्र शिवाकोटी
१५, डा विश्वनाथ यादव
१६, डा देवनारायण शाह
१७, प्राडा ढुण्डिराज पौडेल
१८, प्रा डा अजित रायमाझी
१९, प्राडा जागेश्वर गौतम
२०, प्राडा रेवती रमणजी मल्ल
२१, डा पुकार चन्द्र श्रेष्ठ
२२, डा भोलाराम श्रेष्ठ

न्याम्सको भि सीमा हालसम्म यो भन्दा पहिला वीर भन्दा बाहिरबाट नियुक्ति भएकाहरूलाई वीरका कर्मचारीहरूले विरोध गरी बीचैमा छाड्न बाध्य बनाएका थिए । न्याम्स स्वायत्त संस्था भएकाले सो संस्थाका कर्मचारीहरूको सहयोय बिना नयाँ भिसीले काम गर्न सम्भव छैन । उनीहरू वीर भन्दा बाहिरबाट भिसी आए नमान्ने र विरोध जनाउने बताइसकेका छन् भने आधा हिस्सा न्याम्स सेवाको पदाधिकारी हुनुपर्ने भनी माग गरिसकेका छन् ।

हाल मुख्य रूपमा टिचिङ का डा डि एन शाह, न्याम्सका पूर्व डिन सीताराम चौधरी पूर्व विवादित र छानविनमा रहेका भि सी गणेश गूरूङ, डा अनिल मिश्र, प्रशुति गृहका निर्देशन जागेश्वर गौतम, डा गेहनाथ बराल, पूर्व रेक्टर श्रीकृष्ण गिरी र वीर अस्पताल आकस्मिक कक्षका प्रमुख डा भोलाराम श्रेष्ठ र डा रमिला श्रेष्ठको मूख्य सम्भावना रहेको वीरका कर्मचारीहरू बताउँछन् ।

त्यसो त उपकुलपतिको सिफारिस सबै उम्मेदवारले पेस गरेको प्रतिष्ठान सञ्चालन कार्ययोजना हेरेर र उनीहरूसंग छुट्टाछुट्टै अन्तर्वार्ता गरेपछि समितिले सिफारिश गरे अनुसार हुने मन्त्रालयको भनाई छ ।

आफ्नो आफ्नो इन्ट्रेष्ट
स्वास्थ्यमन्त्री उपेन्द्र यादवको चाहना डा डिएन शाह वा डा सीताराम चौधरीमध्ये एक रहेको छ ।

नेकपा तथा प्रधानमन्त्री ओलीको भागमा भिसी परेमा डा जागेश्वर गौतम तथा डा गेहनाथ बलार मध्येबाट हुने नेकपा निकट बताउँछन् ।

ओलीले उपकुलपति स्वास्थ्यमन्त्रीलाई दिएर रजिस्टार र डिन लिने आसय जनाएको बुझिन्छ । रजिस्टारमा मेडिकल काउन्सिलका रजिस्टार तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिलिप शर्मा निर्विकल्प जस्तै छन् ।

रेक्टरमा भने वर्तमान निर्देशक डा भुपेन्द्र बस्नेतको चाहना र मन्त्रीको इछा बुझिन्छ । निर्देशकमा डा बस्नेतलाई नै दोहोर्याउने पनि मन्त्रीको चाहना बुझिन्छ ।

डा बस्नेतको पालामा वीरमा सुधार भएको र कुनै विवादमा नपरेकाले नै उनलाई दोहोर्याउन पर्छ भन्ने वीर अस्पताल र मन्त्रालयमा बलियो समूहलाई परेको छ ।

फोरमबाट भि सि भएमा डा डिएन शाह र सीताराम चौधरी मध्येबाट हुने फोरमका नेता बताउँछन् । डा शाह वीर भन्दा बाहिरबाट भएकाले र सरकारी डाक्टर सधै ९गोदान० र वीरका बरिष्ठ डाक्टरहरु वीर बाहिरबाट भिसी आएमा आफूहरुलाई मान्य नहुने कुरा बताइसकेका छन् । त्यसकारण न्याम्सका पूर्व डिन चौधरीको पल्ला भारी छ ।

मधेशबाट पनि हुने नेपाल सरकारमा कार्यरत पनि र वीरका अधिकांश कर्मचारी, डाक्टरले चाहेका र डिन हुँदा कुनै विवादमा नआएका
कारण चौधरीको सम्भावना छ ।

उसो त निवर्तमान भिसी डा गुरूङ पनि दौडमा नै छन् । वीरमा उनको ठूलो विरोध छ भने उनि माथि सार्वजनिक खरिद अनुगमन कार्यालयले सि टी स्क्यान मेसिन खरिदमा अनियमितता गरेकाले उनी र वीर खरिद प्रमुख भगवती थपलियालाई कार्वाही सिफारिश गरेको थियो ।

महालेखाको प्रतिवेदनले पनि ब्यापक अनियमिता गरेकोले रकम असुल उपर गर्ने र कार्वाही गर्ने भनेको छ भने हालै यी अनियमिततामा आधारित भएर राष्ट्रिय सर्तकता केन्द्रले गरेको अध्ययनले पनि डा गुरूङ र खरिद प्रमुख थपलियाले कर्मचारी भर्ना र सिटी स्क्यान तथा टोमोथेरापि खरिदमा अनियमितता गरेको भनेर प्रतिवेदनले भनेको छ ।

अब भि सी सम्भावना भनेको डा शाह, डा चौधरी र डा जागेश्वर मात्र हुन् । नेकपाबाट डा जागेश्वर र फोरमबाट भए डा सीताराम चौधरी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्