बालिका हत्याका दोषीलाई पक्राउ नगरेको विरोधमा औरहीवासी आन्दोलित



हाम्रो इकोनोमि

 

 

बालिका हत्यामा संलग्नलाई पक्राउ नगरिएको विरोधमा स्थानीयवासीहरूले बर्दिवास(औरही(जलेश्वर सडकखण्ड ठप्प पारेका छन्। बिहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रेका औरहीवासीले दोषी पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

 

स्थानीयवासीको आन्दोलनमा समर्थन जनाउँदै औरही उद्योग वाणिज्य संघले बजार बन्दको नेतृत्व गरेको छ। बजार, पसल तथा कलकारखाना बन्द छन्।

 

बालिका अपहरण गरी हत्या गर्नेको पहिचान गरी प्रहरीलाई जानकारी दिएको चार दिन बितिसक्दा पनि उनलाई पक्राउ गरी छानबिन गर्ने तर्फ प्रहरीले चासो नदिएको आरोप स्थानीयबासीको छ।

 

८ महिने नाबालिकाको निर्मम हत्या

एक व्यक्तिले बालिकालाई बोकेर लगिरहेको सीसीटीभी फुटेजमा देखिन्छ। उक्त भिडियो प्रहरीलाई दिँदासमेत दोषीलाई पक्राउ नगरिएको औरही उद्योग वाणिज्य संघका अध्यक्ष सर्वण चौधरीले बताए।
प्रहरी प्रशासन अत्यन्त निरीह देखिएको उनले बताए।

 

सीसी क्यामेरामा कैद भएको फुटेजका आधारमा दोषी पहिचान गरेर प्रहरीलाई दिइसक्दा पनि छानबिनका लागि पक्राउ नगर्नु दुखद् छु, चौधरीले भने, त्यसैको विरोधमा बन्द र आन्दोलन गर्नुपरेको हो।

 

स्थानीय नागेन्द्रप्रसाद साहले जघन्य घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाही नगरुन्जेल आफूहरूले विरोध गर्ने बताए।

 

आइतबार साँझ औरही नगरपालिका-१ का सन्तोष चौधरीकी ८ महिने छोरीलाई पसलमा आमासँगै रहेको बेला अपरिचित व्यक्तिले अपहरण गरेका थिए।

सोमबार बालिकाको शव औरही गाउँभन्दा पूर्व खेतमा भेटिएको थियो। मृतक बालिकाको शव कपडा यत्रतत्र फालेको र शरीरमा घाउचोट भएको अवस्थामा भेटिएको थियो।

 

मृतकका बाबु सन्तोष चौधरीले सीसी टिभी फुटेजका आधारमा आफ्नी छोरीलाई अपहरण गर्ने व्यक्ति महोत्तरी हतिसर्वाका जमुनियाका २५ वर्षीय भरत साह भएको दावी गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...