ओमानसामु नेपालद्वारा २२३ को चुनौती, सागरको उत्कृष्ट कमब्याक



हाम्रो इकोनोमि

एसीसी एसिया कप छनोटमा नेपालले ओमानलाई २२३ रनको चुनौती पेश गरेको छ।

 

मलेसियाको बायुमास ओभल मैदानमा टस हारेर नेपालले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै  २२२ रन बनायो।  खराब सुरुवात गरेको नेपालका लागि पहिलो विकेटका लागि सुवास खकुरेल ४ रन बनाएर आउट भए।

 

त्यस्तै कप्तान पारस खड्काले ८ रन बनाउँदा उपकप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाए। त्यस्तै दिपेन्द्र सिं ऐरीले ९ रन बनाउँदा स्केर ८० रन भएको थियो। पांचौ विकेटका लागि आरिफ शेख र सागर पुनले ९२ रनको साझेदारी गरे। आरिफले ३६ रन बनाएर आउट हुंदा स्कोर १ स ७२ रन पुगेको थियो। त्यस्तै रोहितकुमार पौडेल भने शुन्य रनमा आउट भए।

 

सोमपाल कामीले भने पाँच रन बनाए। सागर पुन अन्तिम ओभरमा ८३ रनको योगदान गर्दै रनआउट हुन पुगे।  बलिङ तर्फ ओमानका बिलाल खान, मोहम्मद नादिम र अजय लालचेताले समान २÷२ विकेट लिए। केहि बेरमा ओमानले जवाफि व्याटिङ गर्ने छ  ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...