निर्मला हत्या प्रकरण : निलम्बित एसपी विष्टका छोराले लेखे यस्तो‘



हाम्रो इकोनोमि

 

 

निर्मला पन्तको बलात्कार तथा हत्याकाण्डको अनुसन्धानका क्रममा निलम्बित कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोराले आफूलाई निर्मला हत्याकाण्डमा जोडिएकोमा आपत्ति प्रकट गरेका छन् ।

विष्टका छोराले लिखित रुपमा आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘‘कल्पना नै नगरेको निन्दनीय र घृणित कार्यमा एसपी विष्टको छोराको संलग्नता भएको भनी सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार–प्रसार भएको कुरा निराधार, तथ्यहिन, भ्रामक समाचार प्रेषण गरी व्यक्तिगत चरित्रहत्या गर्न खोजिएकोले आधिकारिकता पुष्टि नभई प्रमाण बिना प्रशारण नगर्न अनुरोध गर्दछु ।’’

साउन १० गते आफ्नो जन्मदिन रहेको र आफू त्यसदिन दिनभर फोटो सुटमा व्यस्त रहेको अनि साँझ घरमै आएर सुतेको पनि उनले उल्लेख गरेका छन् ।

निर्मला पन्तले न्याय पाउनुपर्ने पक्षमा आफू पनि रहेको र आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने वचन पनि एसपी विष्टका छोराले दिएका छन् ।

‘‘निर्मला पन्त बहिनीले न्याय पाउनुपर्छ, असली अपराधीले सजाय पाउनुर्छ । यसका लागि अनुसन्धान प्रक्रियामा म सघाउन तयार छु र म निर्दोष भएको प्रमाण पनि दिन सक्छु’, उनले लेखेका छन् । उनले आफूले बम दिदी–बहिनी र मेयरका भतिजालाई नचिनेको पनि दाबी गरेका छन् ।

बिना कमजोरी आफूले मानसिक यातना खेप्नुपरेको भन्दै उनले सामाजिक सञ्जालमा अनावश्यक कुरा लेख्नेहरुलाई छानविन गरी कार्बाहीको माग समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...