‘डीएसपी हुँ’ भन्दै ठग्ने महिला ‘प्रहरी हवल्दार’ यसरी परे प्रहरी फन्दामा



हाम्रो इकोनोमि

 

 

नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएका सीता तिवारी पेसाले प्रहरी हवल्दार हुन् ।

 

महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत प्रहरी हवल्दार तिवारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ ।

 

‘पदीय मर्यादा विपरित ठगी गरेको उजुरी परेपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले भने, ‘उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।’

 

लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’ भनेर ठगी गर्दै हिँड्ने उनका श्रीमान मनोहर तिवारीसँग मिलेर प्रहरी हवल्दार सीताले ‘म डिएसपी हुँ’ भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जनाइएको छ।

 

त्रिभुवन विमानस्थलमा कार्यरत सीताले आफ्ना श्रीमान मनोहरले अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पैसा माग्न बालाजुस्थित घरमा जाने पीडितहरुलाई प्रहरी नायव उपरीक्षक ९डिएसपी०को बर्दी लगाएर धाकधम्की दिने गरेको उनीमाथि उजुरी परेको छ ।

 

‘हामीले धेरै पटक सीता तिवारीलाई डिएसपीको बर्दी लगाएको अवस्थामा घरमा भेटेका थियौं’ मनोहर र सीताबाट ठगिएका एक पीडितले भने, ‘पैसा माग्न जाँदा हामीलाई श्रीमान–श्रीमती नै मिलेर धम्क्याउँथे ।’

 

तिवारी दम्पतीले आफूहरुलाई ठगेको भन्दै काठमाडौं–२६ स्थित ‘सामूहिक व्यवसायिक बचत तथा ऋण सहकारी संस्था’का सञ्चालक, तारकेश्वर नगरपालिका–८ बस्ने देवी पाठक, विपिन सिम्खडा, चितवनका उद्धव सापकोटा, नक्सालका कुमार प्याकुरेल लगायतले जाहेरी दिएका थिए ।

 

पीडितहरुको जाहेरीपछि गएको साउन अन्तिम साता नै प्रहरीले मनोहर तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

 

ठगीमा संलग्न भएको खुलेपछि भदौ ३ गते पक्राउ परेकी हवल्दार सीताको सम्बन्धमा संगठित अपराध तथा ठगी मुद्दामा अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...