विकासका लागि ली क्वान जति कठोर बन्न सक्दिनँ : प्रधानमन्त्री



 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सम्पूर्ण जीवन लोकतन्त्रका लागि समर्पित गरेको उल्लेख गर्दै आफ्नो सरकार तानाशाही हुनै नसक्ने बताएका छन्।

 

सरकारका पछिल्ला कदमबारे प्रतिपक्षी कांग्रेस र जनस्तरमा समेत आलोचनाका स्वर सुनिएका बेला प्रधानमन्त्रीले सरकारको बचाउ गरेका हुन्।

मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपाललाई कुनै पनि प्रकारको तानाशाह स्वीकार्य नहुने बताए।

कतिपय मानिसहरू ली क्वान यूको नेतृत्वमा सिंगापुर विकसित भयो भन्छन् तर म विकासका लागि ली क्वान जति कठोर हुन सक्दिनु, प्रधानमन्त्रीले भने, सारा जिन्दगी लोकतन्त्रप्रति समर्पण गरेको हुनाले लोकतन्त्रप्रति मेरो बढ्ता मोह, स्नेह र आशक्ति पनि छ। लोकतन्त्रका बाटोहरुलाई कुल्चिने बाटोमा म हिँड्दिनँ।

 

नेपाललले अरुका अनुभवबाट सिक्न सक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने( ुकुनै प्रकारको डिक्टेटर हामीलाई चाहिँदैन।

 

आफूले जे गरे पनि लोकतन्त्र हुने र अरुले गरे अलोकतान्त्रिक भन्ने प्रवृत्ति रहेको उनको भनाई छ। कुनै दलले जे गरे नि लोकतन्त्र हुने, अरुले केही नगरे पनि लोकतन्त्र नहुने।।।, प्रधानमन्त्रीले भने, त्यस्ता परिभाषा आउटडेटेड भए।

 

प्रतिपक्षी कांग्रेसले सरकार अधिनायकवादी भयो भन्दै जनता तर्साउन खोजेको प्रधानमन्त्रीको आरोप छ। अधिनायकवादको बुख्याचा गाड्दै जनता तर्साउन खोजिएको छु, प्रधानमन्त्रीले भने, यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा हालेर दिएको होइन, वर्षौरदशकौँ लडेर हामीले ल्याएको हो।

 

आफ्नो सरकार बनेपछि बिनाकारण संसद अवरुद्ध गरिएको र कानुन बन्न ढिला गरिएको भन्दै प्रधानमन्त्रीले कांग्रेसप्रति रोष व्यक्त गरे। फटाफट काम नभएपछि सरकार कता अल्मलियो भन्न थालियोु, प्रधानमन्त्रीले भने, लोकतन्त्र अराजकताको गञ्जागोल होइन।

 

देउवालाई प्रधानमन्त्री ओलीको जवाफः के यी काम होइनन् ?

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका छन्।

 

आइतबार देउवाले सदनमा सम्बोधन गर्दै ओलीको जवाफ मागेका थिए। देउवाले उठाएका विषय लगायत संसद बाहिर हुने गरेका आलोचनाका विषयमा आलीले जवाफ दिएका छन्।

‘अहिले बाहिरतिर सरकार के मा अल्झियो भनेर टिप्पणी हुने गरेको छ,’ ओलीले भने, ‘संघीयता कार्यान्वयनका काममा यति धेरै काम भएका छन्, के यी काम होइनन् र?’ ओलीले मन्त्रालयको पुर्नसंरचना, स्थानीय तह, प्रदेश र संघको कार्यक्षेत्र निर्धाण लगायतका विषयमा उल्लेख्य काम भएको उनले बताए।

 

ती कामहरु सजिला नभए पनि ती कामहरु सरकारले गरेको उनले बताए। ‘कानुन बमोजिम ६ महिना लाग्थ्यो नै, यी काम सम्पन्न भएका छन्,’ उनले भने, ‘यस आर्थिक वर्षको सुरुवातसँगै पुर्नसंरचनाको काम सपन्न भएको छ। मन्त्रालयको संख्या २१ भएको छ। तीनै तहमा कर्मचारी व्यवस्थापनको काम लगभग टुंगिएको छ।’

 

स्थानीय तहमा ५२ हजार कर्मचारी पठाइएको उनले बताए। यसका अतिरिक्त स्थानीय तहमा १७ हजार कर्मचारी पहिले देखिनै रहेको उनले बताए। संवैधानिक आयोग, अदालत लगायतका क्षेत्रमा पनि कर्मचारी पठाइएको उनले बताए। कतिले संघीयताको जग कमजोर बनायो भनेर आरोप लगाउने गरेको उनले बताए। ‘यी त संघीयताको जग हाल्ने काम होइनन् र ?

 

म स्पष्ट गर्न चाहान्छु, यो सरकार बनेपछि संघीयतालाई व्यवहारिक रुपमा मजबुत बनाउने काम भएको छ। तीनै तहका सरकार आफ्नो कार्यक्षेत्रमा क्रियाशील हुन थालेका छन्।’  साथै उनले नन इस्युमा संसद अबरुद्ध भएकोमा चिन्ता समेत व्यक्त गरे।

 

‘कानुन निर्माणमा ढिलाई भयो भनेर विरोध गरिएको छ। आरोप अलिकति मिलेन कि?,’ उनले भने, ‘मौलिक हक कार्यान्वयन गर्ने १७ विधेयकले संसदको निर्णय कुरिरहेका छन्। अरु ३३ वटा विधेयक पनि मन्त्रिपरिषदबाट स्वीकृत भएका छन्। आवश्यक विधेयकको मस्यौदाको काम जारी छ। संसदलाई प्रभावकारी र कामकाजी हुन दिनुहोस्।’

 

कम्तिमा पनि केही हुँदैछ भन्ने भावना हुनुपर्ने हो भनेर ओलीले बताए। विद्यार्थी भर्ना अभियानमा उल्लेख्य प्रगति भएको उनले बताए। ‘तर प्रधानमन्त्री र मन्त्रीले अभिभावकत्व गरेका केही बालबालिका कुन दिन विद्यालय गएनन् भनेर कुर्छन,’ उनले भने, ‘उनीहरुलाई विद्यालय नजान प्रेरित गर्ने तमाम कारण छन्। तर हामीले ड्रप आउट हुन दिएका छैनौं।’

 

साथै उनले आफ्नो सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने बताए। ‘यो लोकतन्त्र हामीलाई कसैले किस्तीमा हालेर दिएको होइन, वर्षौं लडेर हामीले नै ल्याएका हौं,’ उनले भने, ‘लोकतन्त्रलाई थितीमा चलाउँ भनेर भन्दै गर्दा हामीसँग लोकतन्त्रको सर्टिफिकेट माग्ने कुरा सुहाउँदैन। मेरो जिन्दगी लोकतन्त्रका लागि वितेको छ।’

 

साथै उनले भर्खरै जारी भएका मुलुकी संहिताहरुको विषयमा भएको विरोध पनि नसुहाउँदो बताए। ‘चलन चल्तीको आरोपको भाषामा भन्ने हो भने दुई तिहाईको दम्भ भन्ने गरिएको छ। यो त गत वर्ष भदौमा यसै सदनबनाट पास भएको हो,’ उनले भने, ‘कहिले कहिले साथीहरुले आफ्नो नेतृत्वमा संहिता जारी भएकोमा गर्व गरेर वक्तब्य जारी गरेको देख्छु, फेरि त्रुटीपूर्ण छ  पनि भन्छन्।’

 

उनले यस्ता विषयलाई राजनीतिको विषय बनाउन नपर्ने उनले बताए। भुलचुक केही भएका भए सच्याउन सकिने उनले बताए। साथै उनले कतिपयले ओलीको उग्रराष्ट्रवादको कारुणिक विसर्जन भयो भनेर आरोप लगाए पनि आफ्नो पार्टी राष्ट्रियताको सवालमा यो सरकार र पार्टी राष्ट्रियताको विषयमा पहिले जुन ठाउँमा थियो अहिले पनि त्यही ठाउँमा रहेको उनले बताए।

 

करका विषयमा भइरहेको विरोधमा पनि ओलीले केही ठाउँमा नयाँ अभ्यासका क्रममा त्रुटी भएको भए पनि बाहिर हल्ला गरिए जस्तो नभएको बताए। शिक्षा, स्वास्थ्यका विषयमा निशुल्कको कुरा पनि गर्ने तर कर उठाउँदै गर्दा विरोध गरिहाल्ने गलत भएको उनले बताए।

 

‘साइकलमा कर लगाइएको होइन, साइकल पसलमा लगाइएको हो, अण्डामा कर लगाइएको होइन अण्डा ब्यापार गर्नेलाई कर लगाइएको हो, भैंसीमा कर लगाइएको होइन भैंसी, दूध, चीज बेच्दा कर लगाइएको हो’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्