१२ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ५३ वर्षीया बाबु पक्राउ



हाम्रो इकोनोमि

 

म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा बाबुले आफ्नै १२ बर्षकी छोरीलाई बलात्कार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पीडित बालिका र उनकी आमाले दिएको जाहेरीको आधारमा बलात्कारको अभियोगमा ५३ वर्षका ती व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको म्याग्दीका प्रहरी नायब उपरीक्षक बिरबहादुर बुढाले जानकारी दिए ।

 आमा कपडा धुनका लागि खोलामा गएको अवस्थामा घरमा रहेकी १२ वर्षीया छोरीलाई निजले बलात्कार गरेको जाहेरीमा गरिएको छ ।

शनिबार भएको घटनाको विषयमा आईतबार ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले बि.क थरका ती व्यक्तिलाई पक्राउ गरी बेनी ल्याएपछि सोमबार अदालतबाट म्याद थप गरिएको प्रनाउ बुढाले जानकारी दिए ।

 प्रनाउ बुढाका अनुसार पीडित नाबालिकाको पहिचान खुल्ने, पीडितलाई थप पीडा पुग्ने र अनुसन्धान प्रभावित हुने भएकाले पीडक र पीडित दुवैको नाम गोप्य राखिएको छ । बालिका र उनकी आमाले निजले यसअघि पनि दुई पटकसम्म यस्तो व्यवहार गरेको गुनासो गरेका वडा अध्यक्ष पिपला बुढाथोकीले बताइन् ।

अहिले पीडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले जानकारी दिइन् । स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नाबालिकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ ।

 

 

भान्जी बलात्कार गर्ने मामा प्रकाउ

 

साल्पासिलिछो गाउँपालिकाको दोभानेस्थित एक बालिकाको बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। दोभाने सालेवाकी ११ वर्षीया रचना राईलाई बलात्कारपछि हत्या गरिएको आशंकामा प्रहरीले स्थानीय २० वर्षीय सञ्जय राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

साल्पासिलिछो गाउँपालिका चौकीडाँडाको गोथेबजारबाट किराना पसलका सामान लिएर दोभानेको सालेवामा आएका साइनोमा मामा पर्ने स्थानीय खच्चड व्यावसायी सञ्जयले आइतबार बेलुकी खाना खाई आफूसँग मोबाइलमा फिल्म हेर्दै सुतेकी बालिकालाई बलात्कार गरेपछि आमाबाबुलाई घटनाबारे जानकारी दिने डरले घाँटी थिचेर हत्या गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी केशवकुमार थेवेले जानकारी दिए।

मृतक बालिका दोभाने सालेवामै आमा धनमनी राई र सौतेलो बावु राजन राईसँग बस्दै आएकी थिइन्।घटनाका आरोपी सञ्जयलाई सोमबार राति नै नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा केन्द्रीय समितिमा ८ जना मन्त्री निर्वाचित

    बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्रीहरु सत्तारुढ दल रास्वपाको केन्द्रीय...

रास्वपामा ४९ महिला केन्द्रीय सदस्यमा निर्वाचित

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचित केन्द्रीय सदस्यमा झन्डै आधा महिला...

बंगलादेश निर्यात गर्ने थप २० मेगावाट बिजुली रोकियो

    नेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने योजनामा भारतीय पक्षले...

खैरो हेरोइनसहित काठमाडौंबाट दुई जना पक्राउ

     नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको...