फिल्मी शैलीमा साथीबाट खोसेर युवतीमाथि रातभर सामुहिक बलात्कार गर्ने यसरी परे प्रहरीको फन्दामा



 

 

सप्तरीको राजविराटमा फिल्मी शैलीमा साथीहरुबाट खोसेर एक किशोरीको सामुहिक बलात्कार भएको छ ।

रक्षाबन्धनको अवसरमा लागेको मेला गएकी ती युवती साथीहरुले बचाउन खोज्दा खोज्दै युवती ६ जनाबाट बलात्कृत भएकी हुन् । घटनाक्रमअनुसार दाजुभाइलाई रक्षाबन्धन बाँधिदिएर सप्तरीकी २० वर्षीया युवती साथी संगीसँग मेला हेर्न अर्नाहा गएकी थिइन् । आइतबार दिउँसो ४ बजे चार वटा साइकलमा मेला पुगेका आठ जना उनीहरू झरी परेपछि तितरवितर भए । अबेलासम्म झरी नरोकिएपछि मेला आएकाहरू फर्किन थाले ।

ती युवती पनि साथी कमलेशको साइकल पछाडि बसेर घरतर्फ हिंडिन् । कठौना नजिक पुगेपछि मादक पदार्थ सेवन गरेका ८–१० जनाले साइकल रोकेर युवतीलाई जिस्क्याउन थाले । ती युवतीका साथीभाइ भने अघि बढिसकेका थिए । कमलेशका साथीले प्रतिवाद गरेपछि उनलाई उक्त समूहले कुटपिट गरेर साइकल र मोबाइल खोसेको जनाइएको छ ।

‘युवतीलाई ६ जनाले फूलबारीतर्फ लैजान लागेपछि सबैको खुट्टा ढोगेर छाडिदिन अनुनय–विनय गरें’, कमलेशले भने, ‘उनीहरूले मलाई पुनः कुटपिट गर्दै नियन्त्रणमा राखे । त्यसपछि उनलाई फूलबारीतर्फ लगेर सामुहिक बलात्कार गरे ।’ उनका अनुसार होहल्ला भएपछि अभियुक्तका आफन्त कोही मोटरसाइकल त कोही गाडीमा आए । केहीले अभियुक्त सबैलाई नभए पनि एक जनालाई नियन्त्रणमा लिई प्रहरीमा बुझाउनुपर्ने बताए । तर, अभियुक्तका आफन्तको संख्या बढ्दै गएपछि अपराधीलाई उम्काएको उनले सुनाए ।

उनले राति साढे १ बजे प्रहरी चौकी कठौना पुगेको बताए । ‘प्रहरीमा गुहार मागे पनि कसैले सुनेनन्’, उनले भने, ‘प्रहरी चौकीछेउ घर भएका एक जना उठेर सबै जानकारी लिँदा पनि कठौना चौकीका प्रहरी नउठेपछि इलाका प्रहरी कार्यालय कल्याणपुरतर्फ लाग्यौं ।’
उनले जिल्ला प्रहरी कार्यालयमा पनि फोन गरेर घटना सुनाएको बताए । ‘मोटरसाइकलबाट कल्याणपुरतर्फ जाँदै गर्दा गस्तीमा निस्किएको प्रहरी टोलीसँग मिलन चोकमा भेट भयो’, उनले भने, ‘घटनाबारे सबै वृत्तान्त सुनायौं ।’

उनका अनुसार रातको अढाई बजे प्रहरी टोली घटनास्थलतर्फ लागे पनि अभियुक्तले स्थान परिवर्तन गरिसकेकाले युवती भेटिएनन् । सोमबार बिहान ५ बजे उज्यालो हुन लागेपछि बलात्कारीले छाडेको पीडितले बताइन् । खोजीका क्रममा प्रहरीले सोमबार बिहान दुई जना र दिउँसो थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । एसपी राजेन्द्र विष्टले पक्राउ परेका दुई जना घटनामा प्रत्यक्ष र दुई जना कुटपिटमा संलग्न रहेको पाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्