भोलिदेखि लागू हुँदैछ जोरबिजोर प्रणाली : कुन दिन कुन सवारी चल्न पाउँछ ?



हाम्रो इकोनोमि

 

आगामी १४ र १५ गते हुने बिमस्टेक बैठकलाई ध्यानमा राखेर बुधबारदेखि शुक्रबारसम्म काठमाडौँ उपत्यकाका निजी र सार्वजनिक सवारीमा जोर–बिजोर प्रणाली लागु हुँदैछ ।

बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका राष्ट्र प्रमुखहरुले भाग लिनेछन् ।

सम्मेलनका दौरान भीआइपीहरुको सवारी हुँदा ट्राफिक आवागमनमा असहज हुने भन्दै जोरबिजोर प्रणाली लागु गरिएको हो ।

आइपीको सवारी हुँदा कम्तिमा आधा घण्टा सडक प्रभावित हुनेछ ।

हाल काठमाडौँ उपत्यकाको सडकमा १ मिनेटमा औसतमा १३० वटा गाडी चल्ने गर्दछ । कोटेश्वर क्षेत्रमा त यो औसत २ सय रहेको छ । यसरी आधा घण्टासम्म सवारी आवगमन प्रभावित हुँदा अत्याधिक जाम हुने भएपछि जोरबिजोर प्रणाली लागू गर्नु परेको महाशाखाले जनाएको छ ।

यसअघि, सार्क सम्मेलन र भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिइए पनि यसपटक भने नेपाल सरकारले बिदा दिएको छैन । यसअघि बिदा दिँदा ब्यापकरुपमा विरोध भएपछि सरकारले बिदा नदिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते बिजोर नम्बर प्लेट भएका सवारी साधनहरु चल्न पाउनेछन् भने १४ गते जोर नम्बर प्लेट भएका सवारीहरु चल्न पाउनेछन् ।

यो नियम सरकारी सवारीमा भने लागू नहुने बताइएको छ । त्यस्तै, विशेष सुरक्षा पास लिएका सवारीहरुमा पनि यो लागू हुने छैन ।

महाशाखाका अनुसार १३ गते बुधबार र १५ गते शुक्रबार नम्बर प्लेटमा अन्तिम अक्षर विजोर १, ३, ५, ७ र ९ भएका निजी र सर्वाजनिक सवारी चल्न पाउनेछन् ।

१४ गते बिहिबार जोडी अक्षर भएका सवारी मात्र चल्न पाउनेछन् । जसमा नम्बर प्लेटको अन्तिम अक्षर ०, २, ४, ६ र ८ रहेका सवारी छन् ।

काठमाडौँ उपत्यकामा हाल करीब ११ लाख सवारी दर्ता रहेकोमा औसत ९ लाख सवारी सडकमा दौडन्छन् । जोरबिजोर प्रणाली लागू हुँदा ४ देखि ५ लाख गाडी हट्ने विश्वास महाशाखाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...