७० वर्षीया वृद्धा र १३ वर्षीया बालिका बलात्कार गर्ने ६० वर्षिय सुन्दरलाल झागड पक्राउ



हाम्रो इकोनोमि

 

बलात्कारीलाई फाँसी दिनुपर्ने मागसहित आवाज उठिरहेका अवस्थामा मोरङ्गमा ७० व वृद्ध महिला र १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् ।

 

मोरङ्ग बेलबारी ५ घर भई छोरीको घर रंगेली नगरपालीका वार्ड नं २ जलियाटोल पाहुना आएकी वृद्धा महिलालाई स्थानिय ६० वर्षिय सुन्दरलाल झागडले घरेलु मदिरा सेवन गराई बलात्कार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक कविन्द्र कार्कीले बताए ।

 

झागडले ती वृद्धालाई पाहुना आएकै छोरीको घरको भान्सा कोठामा रक्सीले मताएर बिहान ९ बजे र दिउँसो ३ बजे करणी गरेको पीडित वृद्धा महिलाले प्रहरी कार्यालयको उजुरीमा भनेकी छिन् । प्रहरीले झागडलाई पक्राउ गरी जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

 

त्यसैगरी मोरङ्ग धनपाल गाउँपालिकामा एक १३ वर्षिया बालिका बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय रंगेलीले धनपालथान गाउँपालिका ४ बस्ने १९ वर्षिय ‘भालु’ भन्ने महेश चौधरीलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।

 

चौधरीले ती बालिकालाई स्थानिय बोडिङ्ग स्कुल छेऊ एकान्त ठाउँमा ललाई फकाई लगी जवरजस्ती गरेको प्रहरी निरीक्षक कार्कीले बताए । प्रहरीले चौधरीलाई समेत नियन्त्रणमा लिई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...