मध्यरातमा कोशीको बाढी गाउँ पस्यो, पाँच सय घर डुबानमा



हाम्रो इकोनोमि

 

सप्तरी जिल्लाका विभिन्न स्थानमा करिब ५ सय घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकाका विभिन्न बस्तीमा कोशीको बाढी पसेको पत्रकार भुषण सिंहले जानकारी दिए ।

भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि नेपाली बस्तीमा बाढी पसेको हो । हनुमाननगरका ३ सय भन्दाबढी घर डुबानमा परेका छन् । यसैगरी कोईलाडी गाउँपालिकाका घरहरु पनि डुबानमा परेका हुन् ।

कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् । अचानक आएको बाढीले बस्तीका अधिकांश परिवारले राति खान खान समेत नपाएको बताइएको छ । खाना पकाउने चुल्हो, खाने खाद्यान्न सबै डुबानमा परेका छन् ।

उनीहरुलाई खाद्यान्यको व्यवस्था गर्ने प्रयास भई रहेको डीएसपी भावेश्वर रिमालले बताए । उनले भने, ‘बस्ती डुबानमा परेको खबर आएको छ । सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तो अप्रिय घटना भएको छैन।’ विस्तृत विवरण आउन बाँकी छ ।

यसवर्ष भारतीय कोशी योजनाका अधिकारीहरू र भारतीय ठेकेदारहरूले आफूखुसी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोशीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा बस्तीहरु जोखिममा परेका हुन् । योजनाका अधिकारीहरूले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...