मध्यरातमा कोशीको बाढी गाउँ पस्यो, पाँच सय घर डुबानमा



हाम्रो इकोनोमि

 

सप्तरी जिल्लाका विभिन्न स्थानमा करिब ५ सय घर डुबानमा परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका र तिलाठी कोईलाडी गाउँपालिकाका विभिन्न बस्तीमा कोशीको बाढी पसेको पत्रकार भुषण सिंहले जानकारी दिए ।

भारत सरकारको कोशी योजनाले यसवर्ष ब्यारेज भन्दा तल कोशीको मुलधारलाई पाइलट च्यानलका माध्यमबाट पश्चिमतर्फ फर्काएपछि नेपाली बस्तीमा बाढी पसेको हो । हनुमाननगरका ३ सय भन्दाबढी घर डुबानमा परेका छन् । यसैगरी कोईलाडी गाउँपालिकाका घरहरु पनि डुबानमा परेका हुन् ।

कोशी बाँध भन्दा तल रहेको नगरपालिका कार्यालय पूर्व, पश्चिम र दक्षिणमा रहेका बस्ती डुबानमा परेका छन् । अचानक आएको बाढीले बस्तीका अधिकांश परिवारले राति खान खान समेत नपाएको बताइएको छ । खाना पकाउने चुल्हो, खाने खाद्यान्न सबै डुबानमा परेका छन् ।

उनीहरुलाई खाद्यान्यको व्यवस्था गर्ने प्रयास भई रहेको डीएसपी भावेश्वर रिमालले बताए । उनले भने, ‘बस्ती डुबानमा परेको खबर आएको छ । सुरक्षाकर्मी परिचालन गरिएको छ । त्यस्तो अप्रिय घटना भएको छैन।’ विस्तृत विवरण आउन बाँकी छ ।

यसवर्ष भारतीय कोशी योजनाका अधिकारीहरू र भारतीय ठेकेदारहरूले आफूखुसी बहावलाई च्यानल खनेर पश्चिमतर्फ फर्काएपछि अहिले कोशीको बहाव पश्चिमी तटबन्धतिर मोडिँदा बस्तीहरु जोखिममा परेका हुन् । योजनाका अधिकारीहरूले ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनेर बहावलाई पश्चिमतर्फ मोडेका छन् ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...