शेषमतीमा ‘बार गर्ल’ को रहस्यमय मृत्यु, युवक पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक जना युवतीको रहस्यमय मृत्यु भएको छ ।

 

तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महागनरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

 

डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए ।

 

प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर मदिरा पिएका थिए ।

‘साँझ म ट्वाइलेटमा गएको वेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने वित्तिकै निकालेर अस्पताल लगेको हुँ’, युवकले दिएको बयानलाई उदृत गर्दै प्रहरीले भन्यो । यद्यपि, प्रहरीले युवकको बयानलाई विश्वास गर्न सकेको छैन ।

 

युवतीको भने त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

 

कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने डिएसपी कोइरालाले बताए ।

 

पक्राउ परेका कार्कीमाथि मंगलबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...