शेषमतीमा ‘बार गर्ल’ को रहस्यमय मृत्यु, युवक पक्राउ



हाम्रो इकोनोमि

 

 

काठमाडौंको सुन्धारास्थित रोयल ग्यालेक्सी डाक्स बारमा काम गर्ने एक जना युवतीको रहस्यमय मृत्यु भएको छ ।

 

तारकेश्वर नगरपालिकाको शेषमतीमा डेरा गरी बस्दै आएकी २० वर्षीय जेनिशा भनिने कोपिला श्रेष्ठको आइतबार राति मृत्यु भएको हो ।

 

प्रहरीले घटनामा संलग्न भएको आशंकामा प्रेमी सागर कार्कीलाई पक्राउ गरेको छ । महागनरीय प्रहरी वृत्त, बालाजुका डिएसपी चिरञ्जीवी कोइरालाले उनलाई पक्राउ गरिएको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको बताए ।

 

डान्स बारमै चिनजान भएर नजिकिएका उनीहरु नियमित जसो भेटघाट गरिरहन्थे । आइतबार उनीहरु युवतीकै डेरामा थिए ।

 

प्रहरीलाई युवकले दिएको बयान अनुसार उनीहरुले दिनभर मदिरा पिएका थिए ।

‘साँझ म ट्वाइलेटमा गएको वेला ऊ सलको पासो लाएर झुण्डिछ, मैले देख्ने वित्तिकै निकालेर अस्पताल लगेको हुँ’, युवकले दिएको बयानलाई उदृत गर्दै प्रहरीले भन्यो । यद्यपि, प्रहरीले युवकको बयानलाई विश्वास गर्न सकेको छैन ।

 

युवतीको भने त्रिवी शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

 

कुनै विवादमा उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । तर, युवतीको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै त्यो विषय निक्र्यौल हुने डिएसपी कोइरालाले बताए ।

 

पक्राउ परेका कार्कीमाथि मंगलबार म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरीको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...