झापामा जीप दुर्घटना, एकको मृत्यु, चार घाइते



हाम्रो इकोनोमि

झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गअन्तर्गत झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ज ४५३३ नम्बरको स्कोरपियो जीप अनियन्त्रित भई सडकमै पल्टिँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो।

सो दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

सो दुर्घटनामा परी घाइते हुनेमा काँकडभिट्टाका राजु बस्नेत, मेचीनगर-१० बस्ने ज्ञानबहादुर बुढाथोकी, कमल गाउँपालिका-५ का गोपी गजुरेल र काँकडभिट्टाका गोपाल पौडेल रहेका छन्। उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
यस्ता छन आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्ति नियुक्त...

सडकमा जाने तयारी गर्न पार्टीपंक्तिलाई शंकर पोखरेलको निर्देशन

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारको स्वेच्छाचारिता रोक्नको लागि एमाले सडकमा...

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले...

ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...