पप्पु कन्स्ट्रक्सनको मनपरी विरुद्ध सडकमा यसरी उत्रिए रौतहटबासी



हाम्रो इकोनोमि

 

 

देशभरका निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा जुलुस निकालिएको छ ।

 

पुल निर्माणको काम समयमै नसक्ने ठेकेदारलाई कारवाही गर्न माग गर्दै सडकमा उत्रिएका स्थानीयले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका छन् ।

 

ठेकेदारको लापरवाहीले पुल समयमा नबन्दा भएको डुंगा दुर्घटनामा सर्वसाधरणको ज्यान गएको भन्दै गौरमा नेपाल कम्युनिस्ट पार्टीको अगुवाइमा जुलुस निकालिएको हो ।

 

शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।

 

दुर्घटनापछि २९ जना भन्दा धेरै डुबेका थिए । जसमा तीनजनाको शव भेटिएको छ भने अन्य दुईजना अझै बेपत्ता छन् । अधिकांश यात्रु पौडिएर बाँच्न सफल भएका थिए ।

पीडित परिवारलाई राहत र सम्झौता अनुसार समयमा काम नसक्ने ठेकेदारलाई कडा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो ।

 

बागमती र लालबकैयामा चल्ने जीर्ण डुंगा तालिम नलिएका चालकहरुले चलाउने गरेको, सम्भावित दुर्घटना रोक्न न्यूनतम् सुरक्षाको समेत ख्याल नगरेको, डुंगाको अनुगमनमासमेत स्थानीय प्रशासनले चासो नदिएको गुनासोसहित ज्ञापनपत्र बुझाइएको नेकपाका नेता शम्भु साहले बताए ।

 

घटनापछि राहत र क्षतिपूर्तिको कुरा भन्दा घटना हुन नदिनेतर्फ ध्यान दिन प्रदर्शनमा उत्रिएका गौरबासीहरुले आग्रह गरेका छन् ।

 

२०७४ असार २५ भित्र त्यो पुल निर्माण गरी सक्नुपर्ने थियो । तर हालसम्म पिलर मात्रै गाडिएको छ । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।

 

२०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि पप्पु कन्सट्रक्सनले सम्झौता गरेको थियो । निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् ।

 

निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरिरहेको छ ।

 

शनिार पुलको पिलरमा डुंगा ठोक्किएर १० जना भन्दा बढी घाइते र ५ जना हराएका थिए । हराएकामध्ये तीनजानको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...