‘योगमाया’ लाई मदन पुरस्कार,जगदम्बाश्री शान्तदास मानन्धरलाई



हाम्रो इकोनोमि

 

 

यस वर्षको मदन पुरस्कार निलम कार्की (निहारिका) को ‘योगमाया’ ले पाएको छ।

 

यस वर्ष मदन पुरस्कारनिम्ति आठ पुस्तक सिफारिस गरिएको थियो- ‘कैरन’ (ध्रुवसत्य परियार), ‘नथिया’ (सरस्वती प्रतीक्षा), ‘पाठशाला’ (तीर्थ गुरुङ), ‘भुइँया’ (यज्ञस), ‘यार’ (नयनराज पाण्डे), ‘योगमाया’ (निलम कार्की ‘निहारिका’), ‘लिम्बुनी गाउँ’ (राज माङलाक) र ‘हिमाली दर्शन’ (मोहन वैद्य ‘किरण’)।

यीमध्येबाट योगमायालाई पुरस्कार दिने निर्णय गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले ट्विटमार्फत जानकारी दिएका छन्।

त्यस्तै गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्द्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई वर्ष २०७४ को जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ।

१९३० दशकमा भोजपुरको नेपालेडाँडा, सिम्ले गाउँमा जन्मिएकी योगमायाले निरंकुश राणाशासनको विरोध गरेकी थिइन्। यति मात्र होइन, अशिक्षित नेपाली समाजलाई संगठित गरी मर्न र मार्नसमेत तयार पारिन् । तिनै योगमायाका बारेमा स्थलगत अध्ययन गरी लेखिएको उपन्यास हो योगमाया।

साहित्यकार कार्कीका दुई कविता संग्रह, तीन कथा संग्रहका साथै अर्की आइमाई र चीरहरण उपन्यास प्रकाशित छन्। चीरहरणले २०७२ को पद्मश्री पुरस्कार पाएको थियो।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...