संघीयताको उपहार, इलामको अदुवामा झापामा कर



हाम्रो इकोनोमि

 

इलाममा उत्पादन भएको अदुवामा झापाले निकासी कर लगाउन थालेको छ ।

व्यवसायीले झापा जिल्ला समन्वय समितिले भन्सार विन्दु काँकरभिट्टामा लिने गरेको सो निकासी कर कानून विपरीत भएको बताएका छन् । आइतबार भारततर्फ सुनिता ट्रेडर्सको नाममा निकासी हुन लागेको १० हजार किलो अदुवामा समन्वय समितिले रु पाँच हजार निकासी करका रुपमा असुल गरेको हो ।

‘जे एण्ड जे निर्माण सेवा प्रालि’ले जिल्ला समन्वय समितिबाट कर असुलीको ठेक्का लिएको थियो । सो कम्पनीका व्यक्तिले रु पाँच हजार निकासी कर असुल गरेको नेपाल अदुवा व्यवसायी सङ्घ झापाका कार्यबाहक अध्यक्ष टोम राजवंशीले बताउनुभयो । दुई दिनदेखि समन्वय समितिले कर लिन थालेको उहाँको भनाइ छ ।

इलाममा उत्पादन भएको अदुवाको झापामा निकासी कर लिँदा किसान तथा व्यवसायी दोहोरो मारमा परेको राजवंशीले बताउनुभयो । लामो समय भारतीय क्वारेन्टाइनको अवरोधपछि बल्लतल्ल अदुवाको निकासी हुन थालेको थियो । अदुवा भारत निकासी नहुँदा कृषक निराश भएका थिए । अदुवामा दोहोरो कर नलिन मेची उद्योग वाणिज्य सङ्घले जिल्ला समन्वय समितिलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...