किशोरी ‘बलात्कार’ अभियोगमा एकजना पक्राउ, अर्का फरार



हाम्रो इकोनोमि

 

 

खाँडाचक्र नगरपालिका–१० निवासी २८ वर्षीया धनराज शाही एक १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ गरेका छन् ।

किशोरीमाथि बलात्कार गर्न खोजेको अभियोगमा प्रहरीले शाहीलाई पक्राउ गरी हिरासतमा लिएको छ भने फरार रहेका अर्का अभियुक्तको खोजी तीब्र बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी विनोद शर्माका अनुसार बलात्कार अभियोग लागेका धनराजलाई आइतबार पक्राउ गरी हिरासतमा लिइएको हो ।

घटनामा संलग्न अर्का अभियुक्त शुभकालिका गाउँपालिाका–६ निवासी २४ वर्षीय हेमराज शाही अझै फरार रहेको शर्माले जानकारी दिए ।

सदरमुकाम मान्मको जिरो प्वाइन्टस्थित कोठामा बसिरहेका बेला ती दुईले ढोका फोडेर सामूहिक बलात्कार गर्न खोजेको भन्दै पीडितले उजुरी दिएपछि दुवै अभियुक्तविरुद्ध जबरजस्ती करणी महलमा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको
छ ।
शर्माका अनुसार जिल्ला अदालत कालिकोटले थुनामा रहेका धनराज शाहीलाई थप अनुसन्धानका लागि ५ दिन म्याद थपेको छ । नयाँ मुलुकी ऐन अनुसार जबरजस्ती करणी उद्योगमा दोषी ठहरिए १० वर्षसम्म कैद हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...