अवैध रुपमा रुख कटान



हाम्रो इकोनोमि

 

 

कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ ।

उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन । सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका क्रममा अवैध रुपमा रुख कटान गरेको पाइएको कनकाई–२ का उपभोक्ता दीपक चापागाईले जानकारी दिनुभयो । “रुख कटान गर्ने निर्णय गरिएको छैन, प्रक्रियासमेत पु¥याइएको छैन,” उहाँले भन्नुभयो ।

वनमा साल ३५ क्युफिट र सिसौ ९५ क्युफिट भेटिएको छ । उक्त काठ उपभोक्ताको रोहवरमा मुचुल्का बनाई वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङका प्रमुख शिवनारायण यादवले बताउनुभयो । रुख कटानीबारे अनुसन्धान भइरहेको छ । उक्त वनको एक वर्षदेखि आन्तरिक लेखा परीक्षणसमेत गरिएको छैन । तीन÷तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने नियम छ । वन समूहका अध्यक्ष ख्याम सिटौलाले जङ्गलमा ढलेका रुखको काठ सुरक्षित राख्न गोलिया बनाएर राखेको बताउनुभयो । सिमसार क्षेत्रमा टहरा जीर्ण भएकाले मर्मत गर्न तथा थप टहरा निर्माण गर्न काठ चिरान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...