अवैध रुपमा रुख कटान



हाम्रो इकोनोमि

 

 

कनकाई नगरपालिका–२ जामुनखाडी सामुदायिक वन तथा सिमसार क्षेत्रमा अवैध रुपमा रुख कटान गरिएको छ ।

उक्त वनमा साल र सिसौका रुख काटिएको पाइएको छ । वनमा भेटिएका काठको गोलियाको कुनै लगत र कागजपत्र छैन । सेक्टर वन कार्यालय सुरुङ, उपभोक्ता समितिका पूर्वपदाधिकारी र उपभोक्तासहितको टोलीले सो वनको अनुगमनका क्रममा अवैध रुपमा रुख कटान गरेको पाइएको कनकाई–२ का उपभोक्ता दीपक चापागाईले जानकारी दिनुभयो । “रुख कटान गर्ने निर्णय गरिएको छैन, प्रक्रियासमेत पु¥याइएको छैन,” उहाँले भन्नुभयो ।

वनमा साल ३५ क्युफिट र सिसौ ९५ क्युफिट भेटिएको छ । उक्त काठ उपभोक्ताको रोहवरमा मुचुल्का बनाई वनमै छाडिएको सेक्टर वन कार्यालय सुरुङका प्रमुख शिवनारायण यादवले बताउनुभयो । रुख कटानीबारे अनुसन्धान भइरहेको छ । उक्त वनको एक वर्षदेखि आन्तरिक लेखा परीक्षणसमेत गरिएको छैन । तीन÷तीन महिनामा लेखा परीक्षण गर्नु पर्ने नियम छ । वन समूहका अध्यक्ष ख्याम सिटौलाले जङ्गलमा ढलेका रुखको काठ सुरक्षित राख्न गोलिया बनाएर राखेको बताउनुभयो । सिमसार क्षेत्रमा टहरा जीर्ण भएकाले मर्मत गर्न तथा थप टहरा निर्माण गर्न काठ चिरान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...