नेपालबाट भारतीय डाक्टरलाई ४ करोड भारु माग्दै धम्कीपूर्ण फोन



हाम्रो इकोनोमि

 

 

पटनामा रहेका एक न्युरोसर्जनलाई नेपालबाट ४ करोड भारतीय रुपैयाँ माग गर्दै धम्कीपूर्ण फोन आएपछि पटना प्रहरीमा हलचल मच्चिएको छ । गत अगस्त २० गते उक्त धम्कीपूर्ण फोन आएपछि पटना प्रहरीले नेपाल प्रहरीसँग समन्वय गरेर उक्त फोन गर्ने व्यक्ति पत्ता लगाउने प्रयास गरिरहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।

समाचारमा डाक्टर एसएम रोहत्यागीलाई मोबाइल नम्बरबाट १२ बजेर ४५ मिनेट जाँदा उनको मोबाइल नम्बर फोन आएको थियो । फोनबाट अपरिचित व्यक्तिले चार करोड रकम माग गर्दै १० मिनेटपछि कल गर्ने बताएको थियो । तर, त्यसपछि फोन भए आएन । डाक्टरले सोही दिन पाट्लीपुत्र प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । शुरुवाती अनुसन्धानबाट उक्त फोन नेपालबाट आएको पुष्टि भएको थियो ।

स्रोतलाई उद्धृत गर्दै समाचारमा यतिबेला पटना प्रहरीको एक टोली नेपाल–भारत सीमा नजिक रहेको मोतिहारीमा तैनाथ रहेका छन् र नेपाली प्रहरीसँग निरन्तर सम्पर्कमा रहेका छन् । पटना प्रहरीले हालसम्म कल डिटेल र सिमकार्ड कसको नाममा रजिस्टर गरिएको भन्ने जानकारी प्राप्त नगरेको बताएको छ ।

प्रहरीले फोन कहाँबाट गरिएको भन्ने खुलाउन नमिल्ने बताएको छ । संदिग्ध व्यक्ति पक्राउ परेपछि मात्र फोन कलको उद्देश्य पत्ता लाग्ने प्रहरीले बताएको छ । कल डिटेल तथा अन्य प्राविधिक जानकारी पाउन एकहप्ता लाग्ने प्रहरीले बताएको छ ।

उक्त फोनपछि डाक्टरलाई अर्को नेपाली नम्बरबाट पनि फोन आएको छ । तर, ती व्यक्तिले आफ्नो मेरुदण्डको समस्या रहेको बताएका थिए । ‘ती व्यक्ति साँच्चै बिरामीनै थिए कि स्थिति बुझ्न फोन गरेका थिए भन्ने यकिन हुन बाँकी छ,’ प्रहरीले भनेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...