छुरा हानी फरार वडा सदस्य यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिनुभयो ।

 

मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ ।

चालीस वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस
पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

    पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका...

शिक्षामा अन्योलता: नीतिगत अस्पष्टता र अव्यवहारिक निर्णयले विद्यार्थीको भविष्य अन्योलमा

    शिक्षा कुनै पनि राष्ट्रको मेरुदण्ड हो—यो केवल ज्ञान आर्जनको माध्यम मात्र...

रिहा भए एमाले अध्यक्ष ओली

    पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा...

केपी ओेली र रमेश लेखक आज छुट्ने

    प्रहरी हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओेली र पूर्वगृहमन्त्री,रमेश लेखक छुट्ने...