छुरा हानी फरार वडा सदस्य यसरी परे प्रहरीको फन्दामा



हाम्रो इकोनोमि

 

 

उर्लाबारी नगरपालिका वडा नं ६ का वडा सदस्य सचिन शाक्य खेलाडीलाई छुरा प्रहार गरेको आरोपमा पक्राउ परेका छन् ।

आइतबार राति ११ बजे उर्लाबारी–४ बाट शाक्यलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले आज जानकारी दिनुभयो ।

 

मोरङ–११ मा आबद्ध फुटबल खेलाडी २७ वर्षीय विशाल तामाङमाथि छुरा प्रहार गरी शाक्य फरार रहेको आरोप लगाइएको छ ।

चालीस वर्षीय शाक्यलाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलाइएको छ ।

उर्लाबारी–५ स्थित एरोमा होटलमा गत असार ७ गते विश्वकप फुटबल हेर्ने क्रममा विवाद हुँदा शाक्यले छुरा प्रहार थिए । उर्लाबारी जेसिजका अध्यक्ष शाक्य निर्माण व्यवसायी पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...