महेन्द्रनगर : दैनिक उपभोग्य सामान किन्न स्थानीयलाई समस्या, विद्यालय भने अझै खुल्न सकेनन्



हाम्रो इकोनोमि

 

 

१३ वर्षिय निर्मला हत्याकाण्डपछि उत्पन्न परिस्थिति नियन्त्रमा लिनका लागि भन्दै स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि लगाएको कर्फ्यू आंशिक रुपमा हटाईएको छ । महेन्द्रनगर बजार क्षेत्र आसपासमा सोमबार दिउँसो १२ बजेपछि लाग्ने भनिएको कर्फ्यूु साँझ ६ बजेसम्मका लागि हटाईएको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सुरक्षा समितिको बैठकले स्थिति समान्य हुन थालेपछि सोमबार साँझ ६ बजेसम्मका लागि हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सुचना अधिकारी उदयराज जोशीले केही शान्ति सुरक्षाको स्थितिमा केही सुधार आएकोले अर्को आदेश नहुन्जेलसम्मका लागि साँझ ६ बजेसम्मका लागि कर्फ्यू हटाईएको बताए । आन्दोलनसंगै उत्पन्न परिस्थिका कारण कञ्चनपुरको जनजीवन समेत प्रभावित भएको छ ।

महेन्द्रनगर बजार क्षेत्र लगायत  आसपासका क्षेत्रमा केही समयका लागि कर्फ्यू हटाइएपछि  दैनिक उपभोग्यका सामान किन्न स्थानीयहरुको भीड लागेको छ ।

स्थानीय प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि लगाएको कर्फ्यूुका कारण महेन्द्रनगर आसपासका क्षेत्रमा दैनिक उपभोग्यका सामान किन्न स्थानीयलाई समस्या परेको थियो ।

यसैबिच करिब एक हप्ता लामो समयदेखि बन्द रहेका कञ्चनपुरका विद्यालय भने अझैसम्म अझैसम्म खुल्न सकेका छैनन् ।कर्फ्यूका कारण शिक्षण संस्था बन्द हुदाँ त्रिवि तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सेमेस्टर प्रणालीका कक्षाहरु निकै प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...