अमेरिकामा प्रहरीको गोली प्रहारबाट काठमाडौंका ठकुरीको मृत्यु



हाम्रो इकोनोमि

अमेरिकामा प्रहरीले चलाएको गोली लागेर काठमाडौंका एक युवाको मृत्यु भएको छ ।

 

अमेरिकाको कोलोराडो डेनभरनजिक ब्रुुमफिल्डमा प्रहरीले चलाएको गोली लागेर काठमाडौं घर भएका २५ वर्षीय वीरेन्द्र ठकुरीको मृत्यु भएको हो ।

स्थानीय सञ्चार माध्यमका अनुसार ती युवकमाथि शनिबार राति गोली प्रहार भएको थियो । उनी आमा र दाइका साथमा घटनास्थल नजिकै वेष्टमिनिष्टरमा स्थायी रुपमा बस्दै आएका थिए ।

 

सडकमा हिंडिरहेका बेला प्रहरीले उनीमाथि गोली चलाएको बताइएको छ । तर, प्रहरीले किन गोली हान्यो कारण खुलाइएको छैन । स्थानीय सञ्चारमाध्यका अनुसार गोली लागेका ती युवकलाई प्रहरीले नै अस्पताल लिएर गएको थियो ।

तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जनाइएको छ । मृतकको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ । मृतककी आमा अहिले बेहोस छिन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...