चर्चभित्र बाल यौन शोषण : पोप फ्रान्सिसले भगवानसँग मागे माफी



हाम्रो इकोनोमि

 

 

आयरल्याडको चर्चमा बालबालिकामाथि भएका यौन यौनहिंसाका घटनालाई लिएर इसाइ धर्मका सर्वोच्च गुरू पोप फ्रान्सिसले आइतबार भगवानसँग क्षमा याचनासहित माफी मागेका छन् ।

क्याथोलिक क्रिस्चियन धर्मगुरु पोप फ्रान्सिसले आयरल्यान्डका चर्चमा भइरहेको बालबालिकाको यौन शोषणको घटनामा भगवान्सँग माफी पनि मागेका हुन् ।

केही दिनअघि आयरल्यान्डको चर्चमा वर्षौंदेखि बालबालिकामाथि यौन शोषण गरिएको घटना बाहिरिएको थियो । त्यसपछि संसारभर आलोचना भएको थियो । । यो घटना सार्वजनिक भएपछि पोपको आयरल्याड भ्रमणलाई गम्भीररूपमा हेरिएको थियो ।

आयरल्यान्ड भ्रमणका क्रममा पोपले राज्यको एक कार्यक्रममा भाग लिँदै यौन शोषणको शिकार भएकाहरूलाई पनि भेटेका थिए । ‘चर्चका लागि यो लज्जास्पद घटना हो’, घटनाबारे सुनेपछि स्तब्ध पोपले भने, ‘फेरि नहोस् भनी सुनिश्चित गर्न सक्दो कदम चाल्न म संकल्प लिन्छु ।’

सन् १९७९ मा तत्कालीन पोप डन पल आयरल्यान्ड जाँदा देशको दुईतिहाइ जनसंख्या उनलाई हेर्न भेला भएका थिए । यस पटकका पोपलाई स्वागत गर्न आइरिसहरू तम्तयार थिएनन् ।

चर्चमा वर्षौंसम्म यौन शोषणको घटना हुने गरेको सार्वजनिक भएपछि चर्चलाई नैतिक संस्थाका रूपमा विश्वास गर्ने मानिसहरूको संख्या विश्वभर कमी आएको छ ।

तीन वर्ष यता आयरल्यान्डले धार्मिक मान्यतालाई तोड्ने अनेक कानूनलाई जनमत संग्रहमा मान्यता दिएको छ । गर्भपात र समलिंगी विवाहलाई जनमत संग्रहमार्फत नै कानूनी मान्यता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानका पुल र विद्युत केन्द्र ध्वस्त पार्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए अर्को हप्तादेखि त्यहाँका पुल...

इरानले युएई र कतारमा हान्यो ड्रोन र मिसाइल

    इरानले युएई र कतारमा हवाई आक्रमण गरेको छ । इरानी मिसाइल...

सर्वोच्च नेता खामेनीको चार महिनापछि अन्त्येष्टि

    इरानका मारिएका सर्वोच्च नेता अली खामेनीलाई उनको मृत्यु भएको चार महिनाभन्दा...

अमेरिकी सेनामा कार्यरत नेपाली युवाको गोली लागेर निधन

    अमेरिकी सेनामा कार्यरत एक युवाको गोली लागेर निधन भएको छ ।...