महोत्तरीमा घरबाटै चोरियो ८ महिने शिशु



हाम्रो इकोनोमि

जिल्लाको औरही नगरपालिकाबाट आइतबार ८ महिनाकी शिशु चोरी भएको छ ।

औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी चाेरिएकी हुन् ।

एक अपरिचित व्यक्तिले बालिकाको वुवा चिन्छु भन्दै आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको परिवारका सदस्यले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गौशालाका सई प्रदीप भगतले बालिका लिएर अज्ञात व्यक्ति फरार भएको पुष्टि गर्दै खबर पाएलगत्तै खोजी कार्य थालेको जानकारी दिए ।

केही शंकास्पदहरुलाई पहिचान गरेर घटनाको छानविन भइरहेको उनको भनाइ छ ।

बालिका अपहरणपछि परिवारमा रुवाबासी चलेको छ ।

यसअघि गत माघमा बुलवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा पनि यस्तै घटना भएको थियो । कपिलवस्तुको वीरपुर–६, कुदरबेटवाका सन्जु भन्ने परमात्मा रैदासको ९ दिने नवजात शिशु अस्पतालबाटै चोरी भएको थियो ।

वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उत्त बच्चा फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...