फोहोर बोकेको ट्रकको ठक्करबाट एक महिलाको मृत्यु ,ओखरपौवामा तनाव, काठमाडौंको फोहोर उठ्न बन्द



हाम्रो इकोनोमि

 

ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि ओखरपौवा तनावग्रस्त बनेको छ ।

फोहोर बोकेको बा २ ख ६११८ नम्बरको ट्रकले बिहान करिब ५ बजेतिर ककनी गाउँपालिका–१, महालक्ष्मीस्थानका ४९ वर्षीय पदम बलामीको ज्यान लिएपछि स्थानीयले गाडी रोकेर अवरोध गरेका हुन् ।

प्रहरीले स्थानीयले दोषीमाथि कारबाही तथा क्षतिपूर्तिको माग राखेर प्रदर्शन गरेपछि सवारी आवागमन प्रभावित भएको जनाएको छ ।

स्थानीयको प्रदर्शनपछि अहिले पासाङल्हामु राजमार्ग भएर आवतजावत गर्ने सवारी दुवैतर्फ रोकिएका छन् ।

ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार कुवेर रातउले दुई पक्षलाई राखेर मिलाउने प्रयास भइरहेको जनाएको छ ।

घटनाको विरोधमा स्थानीयबासीले सडक अवरुद्ध गरेका कारण फोहोर बिसर्जन कार्य समेत प्रभावित भएको छ । काठमाडौंबाट फोहोर बोकेर नुवाकोट पुगेका सबै गाडीहरु काठमाडौंतिर नै फर्किएका छन् ।

उक्त घटनापछि काठमाडौंको फोहोर उठ्न पनि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...