विमानस्थलमा नयाँ व्यवस्था : यात्रु बाहेकका आगन्तुक प्रवेश निषेध



हाम्रो इकोनोमि

 

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि नयाँ व्यवस्था लागू गरेको छ ।

 

विमानस्थलले बिम्स्टेक सम्मेलन देशकै प्रतिष्ठाकैरुपमा महत्वपूर्ण उत्सव भएकाले यात्रुको सुरक्षा तथा सहजीकरणका लागि यात्रु बाहेकका आगन्तुकको प्रवेश निषेध गरिएको छ ।

 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलले यात्रु स्वयं सक्षम भएको अवस्थामा सहयोगीको जरुरत नपर्ने हुँदा अनावश्यक व्यक्ति प्रवेश नगर्न अनुरोध गरेको छ ।

 

कुनै यात्रु बिरामी, अशक्त, सहयोगी नभई नहुने अवस्था भएमा मात्रै एक जना सहयोगी प्रवेश गर्न सक्नेछन् । यात्रुबाहेक अन्य व्यक्तिलाई प्रवेश सुविधा सम्मेलन अवधिभर नहुने विमानस्थलका महाप्रबन्धक क्षेत्रीले जानकारी दिए  ।

 

मुख्य द्वार नजिकै प्रहरी चेकिङस्थलमा अत्यावश्यक सहयोगीले आफ्नो प्रवेशका कारण बताएर मात्रै विमानस्थल प्रवेश गर्न सक्नेछ । सहयोगीको रुपमा भित्र प्रवेश गरेको व्यक्तिले यात्रु चेकिङका लागि डिपार्चरतर्फ लामबद्ध हुनासाथ (१०–१५ मिनेट सम्ममा) विमानस्थलबाट बाहिरिनुपर्ने व्यवस्था गरिएको छ ।

 

विमानस्थल सेवाप्रदायक व्यक्तिका सवारी साधनबाहेक अन्य यात्रु संबद्ध सवारी साधनको हकमा यात्रु लिइ आउने जुनसुकै साधन यात्रु÷समान अवतरण गर्नासाथ पार्किङतर्फ नगई तत्कालै बाहिर प्रस्थान गर्न अनुरोध गरिएको छ ।

 

विमानस्थल पास भएका वा परिचयपत्र भएका तथा यात्रु लिइ आएका बाहेक अन्य खाली ट्याक्सीलाई प्रवेश निषेध भएकाले रिङरोड नजिकको विमानस्थल प्रवेसद्वारबाट प्रवेशसमेत अनुरोध गरेको छ ।

 

यात्रुसँग पहिले नै सम्पर्क÷पहिचान भई लिन आउने होटलका वा निजी गाडीको हकमा जहाज अवतरणको ५ देखि १० मिनेटअघि मात्र प्रवेश भई यात्रु लिएर तत्काल फिर्ता हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...