कृष्ण ढकालका हत्यारा एक महिनासम्म फेला परेनन्, मोबाइल नबोक्दा प्रहरीलाई सकस



हाम्रो इकोनोमि

 

कञ्चनपुरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठिरहेका वेला प्रदेश १ को इटहरीमा पनि एउटा परिवार न्याय खोज्दै भौंतारिरहेको छ ।

गत साउन ९ गते कुटपिटपछि हत्या गरिएका ३२ वर्षीय कृष्ण ढकालको परिवार न्याय खोज्दै इलाका प्रहरी कार्यालय, इटहरीमा एक महिनादेखि धाइरहेको छ । तर, अहिलेसम्म प्रहरीले घटनामा संलग्न व्यक्तिहरुसम्म पुग्ने ‘सुराक’ हात पार्न सकेको छैन ।

पीडित परिवारले हत्यामा संलग्न भएको दाबी गर्दै सुनसरीको इटहरी–१० बस्ने ३५ वर्षीय सुवास चौधरी, २५ वर्षीय विजय थापा, ३४ वर्षीय प्रकाश ढकाल लगायतविरुद्ध किटानी जाहेरी दिएको छ ।

हत्या गरिएका कृष्ण ढकालका भाइ सागरका अनुसार उनीहरुले कृष्णलाई घेरा हालेर कुटपिट गरी गम्भीर घाइते बनाएर भागेका थिए ।

‘स्थानीयले घाइते दाजुलाई देखेपछि उपचारका लागि त्यहीँको मेडिकल हुँदै तत्काल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म पुर्‍याएका रहेछन्’, मृतककका भाइ भन्छन् ‘तर, हामीले त्यहाँ पुग्दा चिकित्सकले मृत घोषणा गरिसकेका थिए ।’

उनले घटना भएको एक महिनाविति सक्दासमेत प्रहरीबाट आफूहरुले अभियुक्त चाँडै पक्राउ पर्ने आवश्सन मात्रै पाएको गुनासो गरे ।

‘हामीले प्रहरीमा दबाब दिइरहेका छौं । खोजी जारी छ भन्ने कुरा आउँछ’, उनले अनलाइनखबरसँग भने, ‘तर, अहिलेसम्म केही भएको छैन ।’

अभियुक्तले मोबाइल नबोकेकाले ढिला भयोः प्रहरी

इलाका प्रहरी कार्यालय, इटहरीका डीएसपी शिवकुमार श्रेष्ठ भने घटनामा संलग्नहरु ‘आइडन्टिफाइड’ भइसकेको बताउँदै खोजी कार्य तीब्र रहेको बताउँछन् ।

घटनाको विषयमा अनुसन्धान गरिरहेका एक कनिष्ठ अधिकारी भने अभियुक्तहरुले मोबाइल नबोकेका कारण समस्या भएको बताउँछन् ।

प्रहरीले अभियुक्तहरुको परिवार र आफन्त रहेका सबै ठाउँमा खोजतलास गरिसकेको उनी बताउँछन् ।

‘उनीहरुले मोबाइल नबोकेकाले ट्रेस गर्न सकिएन’, ती अधिकारी भन्छन्, ‘तर, अन्य विभिन्न पाटोबाट उनीहरु समक्ष पुग्ने हाम्रो कोशिस जारी छ ।’

स्रोतका अनुसार हाल इटहरी प्रहरीले उनीहरु भागेर भारततिर पुगेको आशंका गरेको छ । प्रहरीका अनुसार मृतक ढकाल र अभियुक्तहरु सबै छिमेकी हुन् ।

‘मदिरा सेवन गरेर भएको विवादका क्रममा कुटपिट हुँदा ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, ती अधिकारी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...