बल्खु तरकारी बजारमा विहानैदेखि तनाव, अनुगमन टोलीमाथि अभद्र व्यवहार



हाम्रो इकोनोमि

 

काठमाडौंको बल्खुस्थित तरकारी बजारका व्यवसायीहरू आज एकाविहानैदेखि बल्खुचोकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोलीले सोमबार विहान झिसमिसेमै बल्खुस्थित तरकारी बजारमा छापा मारेपछि व्यवसायी र अनुगमन तोलीबीच झडपको अवस्था पैदा भएको र अनुगमन टोलीमाथि नै अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन शुरु गरिएको हो ।

 

उद्योग बाणिज्य तथा आपूर्ति विभागका अधिकृत दीपक पोखरेलको नेतृत्वमा अनुगमनका लागि गएको टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा सोमबार नै आएर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको बुझिएको छ । अवैधानिक रूपले कारोबार गरिएको, व्यवसाय दर्ता नगरिएको पाइएपछि सोबारे सोधपुछ गर्दा अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने रवि साह नामक तरकारी व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...