बल्खु तरकारी बजारमा विहानैदेखि तनाव, अनुगमन टोलीमाथि अभद्र व्यवहार



हाम्रो इकोनोमि

 

काठमाडौंको बल्खुस्थित तरकारी बजारका व्यवसायीहरू आज एकाविहानैदेखि बल्खुचोकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् । उद्योग बाणिज्य तथा आपूर्ति विभागको अनुगमन टोलीले सोमबार विहान झिसमिसेमै बल्खुस्थित तरकारी बजारमा छापा मारेपछि व्यवसायी र अनुगमन तोलीबीच झडपको अवस्था पैदा भएको र अनुगमन टोलीमाथि नै अभद्र व्यवहार गर्ने व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विरोध प्रदर्शन शुरु गरिएको हो ।

 

उद्योग बाणिज्य तथा आपूर्ति विभागका अधिकृत दीपक पोखरेलको नेतृत्वमा अनुगमनका लागि गएको टोलीले बल्खु तरकारी बजारका सञ्चालक मोहन बस्नेतलाई विभागमा सोमबार नै आएर स्पष्टिकरण पेश गर्न निर्देशन दिएको बुझिएको छ । अवैधानिक रूपले कारोबार गरिएको, व्यवसाय दर्ता नगरिएको पाइएपछि सोबारे सोधपुछ गर्दा अनुगमन टोलीमाथि अभद्र व्यवहार गर्ने रवि साह नामक तरकारी व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...