बिम्स्टेक सम्मेलनमा जोर बिजोर लागू , १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका गाडी गुडाउन पाउने



 

 आउने १४ र १५ गते काठमाडौंमा हुने चौथो बिम्स्टेक सम्मेलनका लागि भव्य तयारी भईरहेको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)मा नेपालसहित, बंगलादेश, भारत, श्रीलंका, थाइल्यान्ड, म्यानमार र भुटान छन् ।

 

बिम्स्टेक नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ । नेपालले सम्मेलनमा बंगलादेशको बन्दरगाहसम्म सिधै पहुँचका लागि पहल गर्नुपर्ने सुझाव दिईइको छ । त्यतिमात्र नभई विद्युतीय ग्रिड सम्बन्धी महत्वपूर्ण सम्झौताको समेत चर्चा छ ।

 

विभिन्न कोणबाट चर्चामा रहेको बिम्स्टेक सम्मेलनलाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई मूख्य ध्यान दिन निर्देशन दिएको छ । बिम्स्टेक सदस्य राष्ट्रका विषेश पाहुनाको सत्कार र सम्मानका लागि, सधैँ जसो अस्तव्यस्त हुने ट्राफिक व्यवस्थालाई सुरक्षित र चुस्त बनाउन ट्राफिक प्रहरी महाशाखाले जोर विजोर नम्बर प्रणाली अपनाउने भएको छ । जोर विजोर लागू हुँदा साविकको तुलनामा गाडी कम गुड्ने भएका कारण यात्रुले तीन दिन केही कष्ट गर्नु पर्ने देखिएको छ ।

 

यो प्रणाली १३ गतेदेखि नै लागू हुनेछ । महाशाखाका अनुसार १४ र १५ गते हुन लागेको बिम्स्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशेष अतिथि तथा प्रतिनिधिहरुको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते तीन दिन उपत्यकामा चल्ने सबै निजी तथा भाडाका सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार सञ्चालन गरिनेछ ।

 

नम्बर प्लेटको अन्तिम अंकको आधारमा जोर विजोर छुट्टयाईनेछ । १३ र १५ गते चल्ने सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) हुने छ । यसलाई विजोर भनिएको छ । अर्थात् १३ र १५ गते विजोर नम्बर भएका गाडी चल्नेछन् । सम्मेलनको उद्घाटन समारोहका दिन १४ गते जोर नम्बरका गाडी मात्र चल्ने छन् । जसको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) हुनेछ ।

 

उपत्यकामा कति गाडी छन् ? 
ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार पुरानो बाग्मती अञ्चलमा दर्ता भएका सवारी साधन ११ लाख ७२ हजार छन् । त्यसमा पनि ९ लाख मोटरसाईकल नै छन् । २ लाख बस, ट्रक, माईक्रो, टिपर, जीप, कार आदी छन् । भाडाका सवारी साधनको कुरा गर्ने हो भने, मात्रै पनि पछिल्लो समय निकै झगडा गरि रुट पाएको मयूर यातायातकै ४४ वटा गाडी छन् । यस्तै, ललितपुरका साझा यातायातका ४७ सवारी छन् ।

 

सूर्यमति यातायातका ३५ र नेपाल माईक्रोबस गोंगबुकै ५९ वटा गाडी छन् । काठमाडौं उपत्यकामा यस्तै संख्यामा गाडी भएका थुप्रै यातायात प्रालीहरु छन् । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ९३ अनुसार पञ्जिकृत भएका सार्वजनिक यातायात सेवा अन्र्तगत ३३२ वटा प्राली दर्ता भएका छन् । पहिले देशभर छरिएर रहेका यातायात समितिहरु खारेजीको घोषणा भएसँगै अहिले कम्पनी ऐन अन्तर्गत यातायात सेवा प्रालिहरु दर्ता हुन थालेका छन् ।

 

जोर विजोर लागू हुँदा पनि ४३ प्रतिशत गाडी गुड्ने 
बिम्स्टेक सम्मेलनलाई मध्यनजर गर्दै १३, १४ र १५ गते जोर विजोर प्रणालीमा गाडी चल्दा काठमाडौं उपत्यकामा करिब ४३ प्रतिशत गाडी भने गुड्ने छन् । बाँकी ५७ प्रतिशत गाडी भने होल्ड बस्ने छन् । ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी राजकुमार लम्सालले भने, ‘जोर विजोर लागू भए पनि करिब ४३ प्रतिशत गाडी गुड्ने छन् । यद्यपि, सवारीको बेला भने पूरै बाटो खाली गरिनेछ ।’ यस्तै, उनले ईमजेन्सी परे मात्रै कोरिडोरको बाटो प्रयोग गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्