राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्टि



हाम्रो इकोनोमि

बालिका निर्मला पन्तका हत्यारालाई कारबाही मागसहित प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट मारिएका किशोर सन्नी खुनालााई अन्तिम विदाइ गरिएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेवस्थित महाकाली किनारमा राष्ट्रिय झण्डा ओढाएर सन्नी खुनाको अन्त्येष्ठि गरिएको हो ।

सन्नी खुनाको अन्त्येष्ठि अघि सात नम्बर प्रदेश सभामा नेपाल कम्युनिस्ट पार्टीका सचेतक सांसद तारा लामा तामाङले राष्ट्रिय झण्डा ओढाएर विदाइ गरेका हुन् ।

त्यस क्रममा प्रहरीको एक टुकडीले सन्नी खुनालाई शोक सलामी पनि दिएको थियो । सन्नीको अन्त्येष्ठिमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट र बेदकोट नगरपालिकाका मेयर अशोक चन्द पनि सहभागी थिए ।

त्यसैगरी अन्त्येष्टिका क्रममा मानवअधिकारकर्मी, महिला र सयौँको संख्यामा स्थानीय सर्वसाधरण पनि उपस्थित भएका थिए । संघीय मन्त्रिपरिषद्को शनिबार राति बसेको आकष्मिक बैठकले सन्नीलाई शहिद घोषणा गरेको थियो । त्यही अनुसार सन्नीलाई प्रहरीले शोक सलामी दिएको हो ।

शनिबारको मन्त्रिपरिषद्को बैठकले सन्नीका परिवार र बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

भदौ ५ देखि सुरु भएको प्रदर्शनले हिंस्रक रुप लिँदा सन्नीको गत शुक्रबार महेन्द्रनगरमा प्रदर्शनका क्रममा गोली लागेर ज्यान गएको थियो । त्यसक्रममा अर्का किशोर चेतन भट्ट पनि गोली लागेर गम्भीर घाइते भएका थिए ।

बालिका निर्मला पन्तको गत साउन १० गते साथीको घरमा गएको अवस्थामा बलात्कारपछि हत्या भएको थियो । प्रहरीले त्यस घटनामा मानसिक सन्तुलन गुमाएका दिलीपसिंह विष्टलाई पक्राउ गरेपछि महेन्द्रनगरबासी आन्दोलित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...