रौतहटको लालबकैया खोलमा डुंगा पल्टिँदा १८ बेपत्ता, पौडिएर २२ जना जोगिए



हाम्रो इकोनोमि

 

 

रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया खोलामा शनिबार साँझ डुंगा डुब्दा १८ यात्रु बेपत्ता भएका छन् । ईशनाथको औरैयाबाट गौरको टिकुलियातर्फ आउँदै गरेको डुंगा खोलाको बीचमा पल्टिएको हो । खोलापारि खेतमा काम गरेर फर्किएका महिला, पुरुष र बालबालिका गरी डुंगामा करिब ४० जना थिए ।

डुंगा तर्दै गर्दा बकैया नदीमा बाढी आएको थियो । पानीको बहाव बढेको जान्दाजान्दै साँझ ७ बजेतिर डुंगा टिकुलिया घाटतर्फ अगाडि बढेको थियो । पानीको बहावकै कारण छालमा डुंगा फसेर पल्टिएको स्थानीयले बताए ।

दुर्घटनापछि करिब २२ जनाले पौडेर ज्यान जोगाएको स्थानीय बासिन्दा सञ्जय सहनीले जानकारी दिए । उनले १८ जनाभन्दा बढी बेपत्ता भएको बताए । बेपत्ता भएकाको राति अबेरसम्म कुनै अत्तोपत्तो नलागेको तथा घरपरिवारको सम्पर्कमा नआएको सहनीले बताए ।

बेपत्ताको उद्धार कठिन
डुंगा पल्टिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय गौरबाट पौडीबाजसहितको टोली घटनास्थल पुगेको रौतहटका एसपी केदार ढकालले जानकारी दिए । खोलामा ठूलो बाढी आएको र रात परेकाले बेपत्ताको उद्धारमा कठिनाइ भएको उनले बताए ।

अहिलेसम्म कतिजना बेपत्ता भएको भन्ने यकिन जानकारी नभएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आफैँ घटनास्थलमा उपस्थित भएर नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...