गृहमन्त्रीलाई प्रधानमन्त्रीकाे निर्देशन : शंका लागेजति कसैलाई नछाड्नू



हाम्रो इकोनोमि

 

 प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनामा शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई निर्देशन दिएका छन्।

शनिबार बिहान बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले गृहमन्त्री बादललाई यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले कसैको नाम नलिई शंकाको घेरामा रहेका सबैलाई पक्राउ गरेर अनुसन्धान गर्न गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।

प्रहरीले निर्मालाको हत्यामा संलग्न भएको आरोपमा  ४१ वर्षीय दिलिपसिंह बिष्ट, निर्मलाकी साथी  रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरिसकेको छ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरासमेत शंकाको घेरामा छन्। स्थानीयले प्रहरीले विशिष्टका छोरालाई घटनाबाट जोगाउन मानसिक सन्तुलन ठिक नभएका दिलिपसिंहलाई दोषी देखाएको आरोप लगाएका छन्। यो विषयमा प्रधानमन्त्रीले केही नबताए पनि शंकाको घेरामा रहेका सबैलाई पक्राउ गर्न बादललाई निर्देशन दिएका हुन्।

सँगै नेकपाले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न माग गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको सचिवालय बैठकले यस्तो माग गरेको हो।

सचिवालयको आकस्मिक बैठकले घटनाको सत्य तथ्य छानबिन गर्न र सामाजिक रुपमा विकृति फैलाउन खोज्ने प्रवृत्तिको सूक्ष्म छानबिन गरी कारवाही गर्न सरकारसँग माग गरेको हो।

बालिका पन्तको बलात्कारपछि हत्या भएको विषयलाई लिएर केही दिनदेखि कञ्चनपुर तनावग्रस्त छ। नेकपाको बैठकले शान्ति सुरक्षामा खतरा पार्ने घटना भइरहेकाले त्यसप्रकारको घटना हुन नदिन विशेष पहल गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अनुसन्धानलाई व्यापक, विश्वसनिय र प्रभावकारी बनाउने निर्णयसमेत नेकपाको बैठकले गरेको छ। नेकपाले घटनालाई लिएर सामाजिक मूल्य मान्यतामा विकृति भित्रिएको, शान्ति सुरक्षामा खलल पार्ने काम भइरहेको सवालमा सरकार सचेत हुनुपर्ने बताएको छ।

यस्ता घटनालाई साम्य पार्न जनचेतना तथा जागरण फैलाउन आम रुपमा आग्रह गर्दै बैठकले दोषी देखिएका जो कोहीलाई पनि कारवाहीको प्रक्रियामा ल्याउन सरकारलाई आग्रह गरेको हो।

प्रतिक्रिया दिनुहोस
शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...

गगन थापाको नेतृत्वमा पार्टी बलियो भयो : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको...

जगन्नाथलाई संसदीय दलको नेताबाट हटाउन १८ सांसदको हस्ताक्षर (सूचीसहित)

  नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलभित्र आन्तरिक कलह चर्किएसँगै दलका नेता जगन्नाथ...