निर्मला हत्याकाण्ड : कर्फ्युले महेन्द्रनगर सुनसान



 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यापछि उत्पन्न परिस्थिति साम्य पार्नका लागि स्थानीय प्रशासनले शुक्रबारदेखि कर्फ्यु आदेश लागु गरेको छ । अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेपछि महेन्द्रनगर सुनसान बनेको छ ।

 

बिहीबार र शुक्रबारको घटना स्थिति साम्य पार्नको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कफ्र्यु आदेश जारी गरेको हो ।

 

कार्यालयले पूर्व भीमदत्त नगरपालिका १८ भाँसी चोक हुँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिपुरा युवा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म, उत्तर भीमदत्त नगरपालिका २ भाँसीदेखि उत्तर भीनपा ६ खैरेनी हुँदै त्रिपुरा क्बलसम्म र दक्षिण भीमदत्त नगरपालिका १८ मदन स्मृती प्राविको दक्षिण नहर हुँदै सिप विकास तालिम केन्द्र निङ्गलाशैनी माविको पछाडीको नहरसम्मको क्षेत्रमा कफ्र्यु लगाएको छ ।

 

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीद्वारा हस्ताक्षर गरिएको सूचना पत्रमा अर्को आदेश नभएसम्म बाहिर ननिस्कन, आवतजावतलगायत भेला नहुन आदेश जारी गरेको छ ।

 

खुनाको शव परिवारले बुझेनन्
झडपको क्रममा शुक्रबार प्रहरीले चलाएको गोली लागेर १४ वर्षीय बालक सन्नी खुनालाई गोली लागेको थियो । बालकको उपचारको लागि महाकाली अञ्चल अस्पताल नपुर्याउँदै बाटोमा नै मृत्यु भएको थियो । गोली लागेको बालकको शवलाई आक्र्रोसित भिडले स्टेचरमा राखेर प्रशासन कार्यालय तर्फ लगेका थिए । प्र्रहरीले प्रर्दशनकारीलाई भगाएर शव नियन्त्रमा लिएको थियो । खुनाको छाती, पेट, खुट्टामा गोलीको छर्रा लागेको छ । उनको शव परिवारले नबुझेकाले अञ्चल अस्पतालमै राखिएको छ ।

 

स्थानीय मदन भण्डारी स्मृतीमा प्राथमिक तहसम्म अध्ययनरत बालकका परिवार मजदुरी गरेर जिविका चलाउँदै आएका थिए । ठेकेदारसँग पैसा माग्न गएका बेला आन्दोलनमा परि छोरालाई गोली लागेको उनका बुवा बीर खुनाले बताए ।

 

प्रदर्शनमा परि गम्भीर घाईते भएका भीमदत्त नगरपालिका–१ भाँसीका १६ वर्षीय उमेर देउवाको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको खुट्टामा गोली लागेको छ । महाकाली अञ्चल अस्पतालका अनुसार झडपमा प्रहरीसहित ३५ भन्दा बढी घाईते भएका छन् ।

 

साथै म १ प ४४६ नम्बरको एम्बुलेन्से तोडफोड भएको छ । झलारीदेखि बिरामी बोकेर महेन्द्रनगर आईरहेको सुनबरा कृषि सहकारी संस्थाको एम्बुलेन्स तोडफोड कसले गरेको भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन् ।

महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार, सुरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिंहको थप उपचारका लागि विभिन्न अस्पतालमा रिफर गरेको छ भने बाँकीको अञ्चल अस्पतालमा उपचार भईरहेको छ ।

 

प्रर्दशनकारीले भीमदत्त नगरपालिका, जिल्ला ट्राफिक कार्यालय र भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टको घरमा तोडफोड गरेका छन् । यस्तै, कञ्चनपुरको जिमुवा, बेल्डाँडी, बेलौरी, गुलरिया र लालपुरमासमेत स्थानीय घटनाको बिरोधमा उत्रिएर टायर बाली बजार बन्द गराएका थिए । गुलरिया र लालपुरमा यातायात बन्दका कारण पुर्वपश्चिम राजमार्गमा सवारीसाधन आवतजावत ठप्प भएको छ ।

 

प्रशासनमा सर्वदलीय सर्वपक्षिय बैठक जारी
शनिबार बिहान महेन्द्रनगरको स्थिती बारे छलफल गर्न उच्च स्तरिय छानबिन समिति र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सर्वदलिय सर्वपक्षिय बैठक राखेको छ । अहिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा घटनामा उत्पन्न परिस्थिति साम्य पार्ने र घटनालाई तार्किक निष्कर्षमा पुर्याउनका लागि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा