‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी, कारण यस्तो छ



हाम्रो इकोनोमि

 

 

‘नेपालगञ्ज हेल्थ क्याम्पस’ मा अनिश्चितकालीन तालाबन्दी गरिएको छ ।

क्याम्पसले विद्यार्थीको परीक्षा फारम केन्द्रमा नपठाएको विषयमा बोलाइएको वार्तामा नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० महेन्द्र बहुमुखी क्याम्पसका कार्यबाहक अध्यक्ष सिपी देवकोटामाथि आक्रमण भएको भन्दै त्यसको विरोधमा विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका हुन् ।

वार्तामा बोलाएर आक्रमण भएको भन्दै विद्यार्थी सङ्गठनले दोषीलाई कारबाहीको माग गरेका छन् । क्याम्पस सञ्चालक मैकुलाल बाल्मिकीले भने आफूले आक्रमण नगराएको बरु विद्यार्थीका दुई पक्षबीच झडप भएको प्रतिक्रिया दिएका छन् ।

नेविसङ्घ, अनेरास्वावियु, अखिल क्रान्तिकारी, अखिल छैँठौ, नयाँशक्ति विद्यार्थी युनियनलगायतका विद्यार्थी सङ्गठनले जारी गरेको विज्ञप्तिमा दोषीलाई कारबाही गर्नुको साटो बाँके प्रशासन मौन बसेको आरोप लगाइएको छ । सोही विषयमा आन्दोलनरत विद्यार्थी र प्रमुख जिल्ला अधिकारीबीच भएको वार्ता सहमतिमा नपुग्दै टुङ्गिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...