रन शुजका मालिक न्यौपानेको यस्तो छ ठगी धन्दा



 

 

चिनियाँ कच्चा पदार्थ सस्तोमा ल्याएर नेपाली ब्राण्ड भन्दै जुत्ता व्यवसायको नाममा ठगी गर्दै आएको रन शुज कम्पनीका प्रमुख रुद्र न्यौपानेले मिलेमतोमा ठगी गरेका छन् ।

न्यौपानेले १० हजारको चेकबाट १ लाख १० हजार रुपैयाँ निकाली ठगी गरेको सम्बन्धित पक्षले दाबी गरेको हो ।

गत महिना रन शुजले नेपालका विभिन्न स्थानमा जुत्ता बिक्री गर्नका लागि बजार प्रतिनिधिहरु नियुक्त गरेको र सोही समयमा नियुक्त गरेका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई रकम संकलन गर्न मोरङको शनिश्चरेमा जुत्ताचप्पल पसल सञ्चालन गर्दै आएका सुमन श्रेष्ठले जुत्ता बिक्री गरेबापत दिएको चेकमा रकम थपेर ठगी गरेको खुलेको छ ।

रन शुजको बजार प्रतिनिधि भन्दै उनको पसलमा सो ब्राण्डको जुत्ताचप्पल बिक्रीका लागि राखिएपछि दिएको १० हजार रुपैयाँको चेकको अगाडि एक थपेर एक लाख १० हजार रुपैयाँ बनाई रकम झिकेको पीडित श्रेष्ठले बताएका छन् ।

सो जुत्ताचप्पल बिक्री भएपछि सुमन श्रेष्ठले प्रकाश अधिकारीलाई एनआईसी बैंकमा रहेको खाताबाट भुक्तानी हुने गरी १० हजार रुपैयाँको चेक रुद्र न्यौपानेको सल्लाहमा चेकको अगाडि अधिकारीले १ थपेर झुक्याएर झिकेको अनुसन्धानबाट खुलेको छ ।

विश्वासमा श्रेष्ठले अक्षर लेख्नुपर्ने स्थानमा खाली छोडेको मौका छोप्दै अंक थपेर रकम झिकेको अनुसन्धानबाट खुलेको हो । चेकको अघि १ थपेर एक लाख १० हजार रुपैयाँ झिकेको पीडित श्रेष्ठले बताएका छन् । रन शुजका प्रमुख रुद्र न्यौपानेले सो बैंकमा कार्यरत आफ्नै बहिनी सरस्वती न्यौपानेको सहयोगमा चेकमा थपी रकम झिकेको आरोप श्रेष्ठको रहेको छ ।

प्रमुख रुद्र न्यौपानेकै सल्लाहमा उनकै बजार प्रतिनिधि अधिकारीले १० हजारको अगाडि १ थपेर एक लाख १० हजार रुपैयाँ बैंकबाट निकालेका हुन् । बैंकको स्टेटमेन्ट हेर्दा अधिकारीले १० हजारको ठाउँमा १ लाख रुपैयाँ निकालेको देखिएको उनले बताए । व्यापारी सुमन श्रेष्ठले भुक्तानी दिनुपर्ने रकम १० हजारको ठाउँमा भूलवश अंकमा मात्रै लेखेका थिए, त्यसैको फाइदा उठाउँदै बजार प्रतिनिधि अधिकारीले १० हजारको अगाडि एउटा १ अंक थपेर १ लाख १० हजार रुपैयाँ बैंकबाट निकालेर फरार भएका छन् । गत असार २६ गतेको मिति राखेर सुमन श्रेष्ठले रन शुजका बजार प्रतिनिधि प्रकाश अधिकारीलाई चेक दिएका थिए ।

एनआइसी बैंकको पथरी शाखाको ओभर ड्राफ्ट चेक अधिकारीले बैंकको उर्लाबारी शाखाबाट साटेका थिए ।

रन शुजका प्रमुख रुद्र न्यौपानेकी बहिनी सरस्वती न्यौपाने बैंकमा कार्यरत छिन् । रन शुजका बजार प्रतिनिधि प्रकाश अधिकारीले बैंकमा म समुन श्रेष्ठ हुँ मेरो खातामा कति नम्बर छ, भन्दै खाता नम्बर भनेर ब्यालेन्स पत्ता लगाएपछि सो चेकमा १ थपेर १ लाख १० हजार रुपैयाँ झिकेको पत्ता लगाएको हो । बैंकमा निकाल्न मिल्ने पैसा भएपछि बजार प्रतिनिधि अधिकारीले सहजै पैसा निकालेका थिए ।

रन शुजका प्रमुख रुद्र न्यौपानेको साँठगाँठ रहेको आशंका गरिएको छ । चिनियाँ कच्चा पदार्थ ल्याएर नेपाली ब्राण्डको जुत्ता भन्दै ठगेर बिक्री वितरण गर्दै आएको रन शुजलाई चेक ठगी काण्डपछि भने पूर्वमा अहिले व्यापारीहरुले रन शुजलाई आउट गर्ने अभियान नै सुरु गरेका त्यस क्षेत्रका व्यापारीहरुले बताएका छन् ।

न्यौपानेलाई सुमन श्रेष्ठले पटक–पटक फोन गर्दा पनि न्यौपाने सम्पर्कमा नै नआएको व्यापारी श्रेष्ठले बताए ।श्रेष्ठले चेकमा भुक्तान दिनुपर्ने अंक अक्षरमा छुटाएको मौका छोप्दै अधिकारीले चेकमा अक्षरमा एक लाख दश हजार रुपैयाँ लेखी एक लाख १० हजार रुपैयाँ ठगी गर्न सफल भएको प्रहरीले जनाएको छ । उनले अंकमा १ थपेर १० हजारको चेकलाई १ लाख १० हजारको बनाएर चेक भुक्तानी लिएका प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय पथरीले चेकमा बदमासी भएको बारेमा उजुरी परेको जनाएको छ ।

आर्थिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस
आज टिकाको साइत बिहान ११ः३६ बजे

बडादसैं अर्थात् दुर्गापक्षको मुख्य दिन शनिबार मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको

टिकाको दिन र भोलीपल्ट निशुल्क बसको सुबिधा

दसैंको टीकाको दिन र भोलिपल्ट (असोज २५ र २६ गते) नेपाल प्रहरीले दुई रुटमा

आज फुलपाती घर घरमा भित्राइदै

बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष

कांग्रेस-एमालेबाहेकका दलसँग माओवादीले गठबन्धन गर्ने

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा